२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

चिकित्साका विद्यार्थी सार्थकको क्यान्सर उपचारका लागि ‘गोफन्डमी’मा सहयोग अपिल

काठमाडौं- एमबिबीएस पूरा गरी धुलिखेल अस्पतालमा इन्टर्नसिप गरिरहेका सार्थक गौतमको क्यान्सर उपचारका लागि सहयोग अपिल गरिएको छ। क्राउड फन्डिङ अनलाइन पोर्टल ‘गोफन्डमी’बाट सहयोग अपिल गरिएको हो। सार्थकलाई एक्युट टी-लिम्फोब्लास्टिक लिम्फोमा भएको बताइएको छ। जुन न हड्किन्स लिम्फोमाहरुमा एक दुर्लभ र आक्रामक प्रकारको रहेको बुझिएको छ।अरुको जीवन जोगाउने यात्रामा रहेका उनी आफैंले अप्रत्याशित रुपमा उक्त क्यान्सरबाट गुज्रिनु परेको र जसको उपचारक लागि धेरै खर्च लाग्ने भएकाले सहयोगको अपिल गरिएको बताइएको छ। ‘उनीसँग यस रोगसँग लड्ने साहस र दृढ संकल्प भए तापनि यो लडाइँ सजिलो छैन। सार्थकलाई विदेशमा उपलब्ध उन्नत उपचार आवश्यक छ, जसमा खर्च अत्यन्त धेरै हुन्छ,’ अपिलका क्रममा भनिएको छ,  ‘हामी उनलाई आवश्यक उपचार दिलाउन कोष संकलन गरिरहेका छौं। तपाईंको सानो वा ठूलो सहयोगले सार्थकको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ।’हाललाई ४ हजार अमेरिकी डलर संकलन गर्ने लक्ष्य लिइएको छ।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट