२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

जिपबाट खसेर एक महिलाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा जिपबाट खसेर एक महिलाको मृत्यु भएको छ।

आइतबार अमरगढी नगरपालिका–८ डकलेमा जिपबाट खसेर अमरगढी नगरपालिका–८ की २६ वर्षीया निर्मला भूलको मृत्यु भएको हो।

सदरमुकामबाट बैतडीतर्फ जाँदै गरेको से १ ज ७३९ नम्बरको जिपबाट ओर्लिने क्रममा खसेर गम्भीर घाइते भएकी निर्मलाको उपचारका क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

प्रहरीले जिप र जिप चालक बैतडीको सिगास गाउँपालिका–५ ढुङ्गाडका ४० वर्षीय रामसिंह धामीलाई नियन्त्रणमा लिएको जनाएको छ।


सामाग्री श्रोत :

जिपबाट खसेर एक महिलाको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट