२०८२ असार २३ सोमबार
LATEST NEWS
२०८२ असार २३ सोमबार

सुदूरपश्चिम सरकारको निर्णय: सेती अस्पताललाई संघीय अस्पतालमा परिणत गरौं

काठमाडौं- सुदूरपश्चिम सरकारले प्रदेश मातहतमा रहेको सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालमा परिणत गर्दै सञ्चालन गर्न संघीय सरकारलाई पत्राचार गरेको छ।सुदूरपश्चिम सरकारको मन्त्रिपरिषद बैठकले सेती अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय गरेको थियो। ‘सुदूरपश्चिम प्रदेश सरकार मातहत सञ्चालित सेती प्रादेशिक अस्पताललाई सो अस्पतालमा कार्यरत जनशक्ति व्यवस्थापन सहित गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी संघीय अस्पतालका रुपमा परिणत गर्न नेपाल सरकारलाई अनुरोध गर्ने,’ सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषदको निर्णयमा भनिएको छ।मन्त्रिपरिषदको सोही निर्णय अनुसारको पत्र सुदूरपश्चिम सरकारले संघीय स्वास्थ्य मन्त्रालयलाई पठाएको छ। उक्त निर्णयसहित सामाजिक विकास मन्त्रालयबाट आएको आवश्यक फाइल संघीय स्वास्थ्य सचिव डा विकास देवकोटालाई आइतबार बुझाइएको छ। सुदूरपश्चिम सरकारले गेटामा प्रस्तावित विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न समेत सहज हुने र गेटा अस्पतालमा विशिष्टिकृत सेवा रहने गरी सेती प्रादेशिक अस्पताललाई संघीय अस्पतालका रुपमा परिणत गर्न अनुरोध गरेको मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ।सेती अस्पताल हाल ५० शय्या क्षमतामा सञ्चालित छ। अस्पतालमा हाल विभिन्न पदमा गरेर ५१३ जना कर्मचारी कार्यरत छन्।
सामाग्री श्रोत :
swasthyakhabar

ट्रेन्डिङ

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट