डाक्टरहरू भगवान होइनन्हुन पनि चाहन्नन,कसैका रैति पनि होइनन्हुन पनि चाहन्नन्।डाक्टर बन्ने प्रसव यात्रामारातहरूमा अग्राख पलायोकैयन अनेकन रात्रीहरूमनमा राग बलेर बिते चिराग बालेर खडा भए।नजिस्काउनुस् मलाईचोट बल्झिन्छ मनमाचोटकै डाक्टर हुँ त मशरीरमा धेरै खोट चोट छयि सबैलाई,किशोर वयमै किताबकोपानाले टाल्ने गरेको छुयुवामनमा पलाउने वयहरू समयका लयसँगै हराएको छु।कसैले घोच्न पर्दैन मलाई नघोचिने खोप लाइसकेको छुबलेको चूरोटको ठुटोले ठोस्न नखोजे हुन्छकेहीले छुन्न आजकल।बिरामीलाई उपचार गर्छु मदबाब, रवाफ र प्रभावमा होइन विवेक वेचेर काम गर्दिन मअरूको कलमले औषधी लेख्दिनँअरुको इसाराले म ब्लेड चाल्दिनँ।कोही मलाई अभिमानी भन्छन्म मलाई स्वाभिमानी भन्छुईमान र इमानदारिता गुमाएर कसैको निकट हुनु छैन मलाई बरू भिडबाट विकट नै ठिक छएक्काइसौं शताब्दीको म डाक्टर।(डा पौडेल भरतपुर अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट हुन्)
सामाग्री श्रोत :
swasthyakhabar

