२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

बेरुजु शुन्य बनाएकोमा लुम्बिनी प्रदेश सरकारबाट  बर्दिया अस्पताल सम्मानित

दाङ- बर्दिया अस्पताल, गुलरिया बेरुजु शुन्य बनाएकोमा सम्मानित भएको छ। प्रदेश राजधानी दाङमा भएको स्वास्थ्य कार्यालय तथा संस्थाहरुको आर्थिक सुशासनका लागि बेरुजुको समीक्षा गोष्ठी तथा शुन्य बेरुजु प्रोत्साहन कार्यक्रममा अस्पताललाई सम्मान गरिएको हो।स्वास्थ्य मन्त्री खेमबहादुर सारुले हरेक कार्यालय सफल हुनका लागि योजना बनाउने, काम गर्ने र निगरानी बढाउन जरुरी रहेको बताएका छन्। शुन्य बेरुजु भएका कार्यालयहरूको अनुभव आदानप्रदान गर्ने र सोही अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्न जोड दिइएको छ।लुम्बिनी प्रदेशको स्वास्थ्य मन्त्रालय मातहतका सबै अस्पताल, स्वास्थ्य निर्देशनालय तथा स्वास्थ्य कार्यालयका प्रमुखहरूको सहभागिता रहेको थियो। कार्यक्रममा प्रमुख सचिव बाबुराम अधिकारी, स्वास्थ्य सचिव दुर्गा लक्ष्मी श्रेष्ठलगायतले आर्थिक सुशासन, पारदर्शिता र जवाफदेहिताको आवश्यकता र महत्वलाई जोड दिएका थिए।अस्पतालले पछिल्ला ६ वटा आर्थिक वर्षदेखि लगातार शुन्य बेरुजु कायम गर्न सफल भएको छ।  अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा सुवास पाण्डेय प्रदेश अन्तर्गतका १४ वटा अस्पताल मध्ये यसपटक शुन्य बेरुजुमा आफूहरु मात्रै रहेको बताए। अस्पताल न्युनतम सेवा मापदण्डको मूल्यांकनमा सधैं उत्कृष्ट बन्ने गरेको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट