२०८२ असार २४ मंगलवार
LATEST NEWS
२०८२ असार २४ मंगलवार

तीनकुनेमा हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजाले लिनुपर्छ: कांग्रेस

काठमाडौं। कांग्रेसले पूर्वराजा ज्ञानेन्द्र शाहले राज्यद्वारा प्राप्त सेवा सुविधा र सहजताको दुरुपयोग गरेको निष्कर्ष निकालेको छ।

कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको आज बसेको बैठकमा शुक्रबार काठमाडौंको तीनकुनेमा पूर्वराजा समर्थकहरूले हिंसात्मक प्रदर्शन गरेको सम्बन्धमा समीक्षा भएको थियो।

बैठकपछि पार्टी प्रवक्ता डा प्रकाशशरण महतले बैठकले हिजोका गतिविधिको गम्भीर समीक्षा गर्दै भत्र्सना गरेको बताए। उनले आक्रमण गर्ने स्थान नै घोषणा गरेर तोडफोड र अराजकता सिर्जना गरेको भन्दै त्यसको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्रले लिनुपर्ने सम्बन्धमा छलफल भएको बताए।

सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा भएको बैठकले हिंसा भड्काउने र हिंसामा सामेल हुने व्यक्तिहरूलाई अविलम्ब कानूनी कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेको छ।


सामाग्री श्रोत :

तीनकुनेमा हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजाले लिनुपर्छ: कांग्रेस

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट