२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

राप्रपाको कार्यसम्पादन सुरु, मिश्र र राणाबारे छलफल हुदै

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कार्यसम्पादन समितिको बैठक सुरु भएको छ।

राप्रपा मुख्यालयमा जारी बैठकमा शुक्रबारको राजावादी आन्दोलनमा भएको हिंसात्मक घटना र त्यसमा पार्टीका कतिपय नेता जोडिएको विषयमा छलफल केन्द्रित रहेको राप्रपाका एक नेताले बताए।

राजावादी प्रदर्शनका नाममा तीनकुनेमा हत्या, तोडफोड र आक्रमण हुँदा राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणा भीडलाई उक्साउन संलग्न भएको विषय यति बेला आम बहसमा छ।

Ncell 2
Ncell 2

त्यसैले राप्रपाले शुक्रबारको हिंसात्मक गतिविधिमा आफ्ना वरिष्ठ नेताहरूको संलग्नता र उत्पन्न परिणामबारे समीक्षा गर्न लागेको हो। मिश्र र राणालाई प्रहरीले शुक्रबार बेलुकी पक्राउ गरिसकेको छ। राप्रपा वरिष्ठ नेताहरू पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले शनिबार बिहान थुनामा रहेका मिश्र र राणालाई भेटेका थिए।

राप्रपा नेताहरूले आफूहरु संवैधानिक राजसंस्था पुनस्र्थापनाका लागि हुने आन्दोलनहरूमा नेतृत्व र ऐक्यबद्धता जनाउने गरे पनि हिंसात्मक गतिविधि अस्वीकार्य रहेको बताएका छन्।

shivam cement
shivam cement

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?