२०८२ बैशाख २२ सोमबार
२०८२ बैशाख २२ सोमबार

राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय

काठमाडौं। राजावादीको आन्दोलनबारे सरकारले छानबिन गर्ने भएको छ।

शुक्रबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सत्यतथ्य पत्ता लगाई दोषी उपर कारबाही गर्न छानबिन समिति बनाउने निर्णय गरेको हो।

यस्तै बैठकले तीनकुनेमा घटाएको घटनाक्रमप्रति घोर भर्त्सना गर्दै शुक्रबारको घटनामा घाइते भएकाहरूको उपचार व्यवस्था सरकारले नै मिलाउने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए।

शुक्रबार भएको राजावादीको आन्दोलनका क्रममा दुई व्यक्तिको ज्यान जानुका सार्थै निजी तथा सार्वजनिक सम्पतिमा तोडफोड र लुटपाट भएको थियो।

राजावादी समूहले शुक्रबार राजधानीको तीनकुने क्षेत्रमा गरेको प्रदर्शन हिंसात्मक बनेको थियो।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको थियो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास लगाएत गोली प्रहार गरेको थियो।


सामाग्री श्रोत :

राजावादीको आन्दोलनबारे छानबिन गर्ने सरकारको निर्णय

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट