२०८२ जेष्ठ २६ आईतवार
LATEST NEWS
२०८२ जेष्ठ २६ आईतवार

काठमाडौँका यी स्थानमा ट्राफिक जामको सम्भावना भारी, यसरी लिनुहोस् अवस्थाको लाइभ अपडेट

काठमाडौँ । आज शुक्रबार १५ चैतका दिन काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा भारी ट्राफिक जाम देखिने सम्भावना छ । आज एकै दिन दुई ओटा फरक फरक राजनीतिक समूहले प्रदर्शन गर्ने भएपछि भारी ट्राफिक जामको सम्भावना बढेको हो ।

राजावादी समूहले राजतन्त्रको पक्षमा तीन कुनेमा प्रदर्शन गर्ने तयारी गरेका छन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा काठमाडौँको भृकुटीमण्डप क्षेत्रमा समाजवादी मोर्चामा संलग्न दलहरूले आन्दोलन गर्दैछन् ।

त्यसैले आज तीनकुने, माइतीघर, टुँडिखेल, पुतलीसडक आसपासमा अत्यधिक ट्राफिक जाम पर्न सक्ने ट्राफिक प्रहरीले जनाएको छ । त्यसैले सकेसम्म १० बजेभन्दा पहिले नै आफ्नो गन्तव्य स्थानमा पुगि सक्न प्रहरीले अनुरोध गरेको छ । 

यस्तै, रेडियोमा ट्राफिक एफएम ९५.५ मेगाहर्ज वा रेडियोको फेसबुक पेज , मेट्रो ट्राफिक पुलिस डिभिजनको फेसबुक पेजमा गएर लाइभ अपडेट लिन सकिने ट्राफिक  प्रहरीले जनाएको छ ।

यद्यपि बिहान १० बजे आसपासमा घरबाट निस्कने बेलामा एक पटक ट्राफिक प्रहरीलाई सम्पर्क गरेर निस्किन सुझाव छ । यसका लागि ट्राफिक प्रहरीको फोन नम्बर  १०३ मा सम्पर्क गरेर ट्राफिकको लाइभ अवस्था बुझ्न सकिनेछ । 

 

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ ९:१७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट