२०८१ चैत्र २६ मंगलवार
LATEST NEWS
२०८१ चैत्र २६ मंगलवार

राजावादी आन्दोलनका ३० जना घाइतेको उपचार हुँदै, अधिकांस केएमसीमा

काठमाडौं- काठमाडौंको तिनकुनेमा राजवादीले गरेको आन्दोलनका क्रममा ३० जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। घाइते हुनेमा १५ जना प्रदर्शनकारी र १५ जना प्रहरी रहेको गृह मन्त्रालयका सहसचिव छविलाल रिजालले बताएका छन्।घाइतेमध्ये धेरैको काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले उपचार भइरहेको छ। अस्पतालले उपचार निशुल्क गर्ने तर  उपचारमा लाग्ने औषधी र औषधीजन्य सामाग्रीको प्रबन्ध घाइते स्वयंले गर्नुपर्ने बताएको छ। आन्दोलनमा एकजनाको मृत्यु भइसकेको छ। शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका कीर्तिपुरका २९ वर्षीय सविन महर्जनको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव  रिजालले बताएका हुन्। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट