काठमाडौं। तीनकुनेमा राजावादीहरूको आन्दोलन हिंस्रक बनेपछि भएको झडपमा एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा काठमाडौंको कीर्तिपुर बस्ने २९ वर्षीय सबिन महर्जन रहेका गृह मन्त्रालयले जनाएको छ।
प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि सुरु भएको झडपले उग्र रुप लिएको हो। प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास लगाएत गोली प्रहार गरेको थियो।
सामाग्री श्रोत :
