२०८३ असार ३१ बुधबार
LATEST NEWS
२०८३ असार ३१ बुधबार

विकास सुरु गर्नुअघि अनसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले विकासका कार्य प्रभावकारी र सफल बनाउन अनुसन्धानको पाटोलाई सँगै लैजानुपर्ने बताएका छन्।

नेपाल ‘फेमिली कोर्ट स्टडी’ले आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री गुरुङले अध्ययन अनुसन्धान नगरी हचुवाका भरमा विकास निर्माण तथा योजना तर्जुमा गर्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए। उनले कुन ठाउँमा के विकास गर्ने, कसरी गर्ने र त्यसको दीर्घकालीन प्रभाव के हुन्छ भन्ने विषयमा न्यूनतम जाँचबुझ तथा अनुसन्धान हुनुपर्नेमा जोड दिए।

शिक्षा, स्वास्थ्यजस्ता क्षेत्रमा अनुसन्धान विधि अति आवश्यक रहेको उल्लेख गर्दै मन्त्री गुरुङले भने, ‘हामी कहाँ हचुवाका भरमा विकास हुन्छ, सम्बन्धित विषयमा अनुसन्धान गरेर योजना बनाउने अभ्यासको कमी छ, अनुसन्धानबाट प्राप्त निष्कर्षका आधारमा अघि बढे सफल भइन्छ।’

सरकारद्वारा प्रस्तुत बजेट, नीति तथा कार्यक्रमलाई सफल बनाउन स्पष्ट योजना तथा लक्ष्य पहिचान गरी बजेटको सिलिङ निर्धारण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा स्वास्थ्यसम्बन्धी अनुसन्धानात्मक गतिविधि र विभिन्न स्वास्थ्य अवस्थामाथि छलफल गरिएको थियो।


सामाग्री श्रोत :

विकास सुरु गर्नुअघि अनसन्धान हुन आवश्यक छ : मन्त्री गुरुङ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट