२०८१ चैत्र २९ शुक्रबार
LATEST NEWS
२०८१ चैत्र २९ शुक्रबार

आन्दोलनका घाइतेको केएमसीमा ‘उपचार निशुल्क’, औषधी स्वयंले किन्नुपर्ने !

काठमाडौं- काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज (केएमसी) सिनामंगलले ‘उपचार निशुल्क’ गर्ने घोषणा गरेको छ। तर, उपचारमा लाग्ने औषधी र औषधीजन्य सामाग्रीको प्रबन्ध घाइते स्वयंले गर्नुपर्ने बताइएको छ। आन्दोलन क्षेत्रनिकट उक्त अस्पतालले एक विज्ञप्ति जारी गर्दै यस्तो ‘प्याकेज घोषणा’ गरेको हो। अभनिएको छ,  ‘शुक्रबारको दिन काठमाडौंका विभिन्न स्थानमा भएका आन्दोलनका क्रममा घाइते भएका व्यक्तिहरुको यस काठमाडौं मेडिकल कलेज सिनामंगलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत घाइतेहरुको निशुल्क उपचार गर्ने व्यवस्था गरिएको कुरा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ती प्रेशित गरिएको छ।’प्रशासन प्रमुख नारायण प्रसाद दाहाल हस्ताक्षरित विज्ञप्तिको ‘नोट’मा उपचार गर्दा लाग्ने औषधी एवं औषधीजन्य सामाग्री सम्बन्धित व्यक्ति स्वयंले प्रबन्ध गर्नुपर्ने उल्लेख गरिएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?