२०८२ बैशाख ६ शनिबार
२०८२ बैशाख ६ शनिबार

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

सिरहा। सिरहाको औरही गाउँपालिका–५ मा महायज्ञका नाममा जातीय विभेद गरिएको घटनाको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । जातीय भेद्भाव तथा छुवाछूतसम्बन्धी मुद्दाको ६ दिनमै अनुसन्धान सकाएर प्रहरीले बिहीबार प्रतिवेदन सरकार वकिललाई बुझाएको हो ।

अनुसन्धान प्रतिवेदन प्राप्त भएको र त्यसको अध्ययन गर्ने काम भइरहेको जिल्ला न्यायाधिवक्ता राजेन्द्र बस्नेतले जानकारी दिए। अध्ययनपछि उक्त प्रतिवेदन अदालतमा अभियोगपत्रका रुपमा दायर गरिने उनले बताए ।

औरहीका दलित समुदायका दीपक मल्लिकको घर भत्काएको घटनामा यही चैत ९ गते साँझ गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप यादव पक्राउ परेका थिए । त्यसपछि चैत १० गते प्रहरीले उनीहरुसँगै बजरङ्गी बाबाविरुद्ध पीडितसँग जाहेरी लिएको थियो ।

यही चैत १७ देखि आयोजना हुने भनिएको महायज्ञका नाममा गत फागुन १० गते अछूत भन्दै महायज्ञस्थलमा रहेको दिपक मल्लिकको घर भत्काइएको थियो । गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरङ्गी बाबाले डोजर लगाएर भत्काइदिएको भनेर घटना सार्वजनिक भएको थियो ।

यसअघि घटनाबारे संवेदनशील नभएको भन्दै गृह मन्त्रालयले सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहाललाई मन्त्रालय तथा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितलाई प्रहरी प्रधान कार्यालय तानेको थियो ।


सामाग्री श्रोत :

सिरहा घटना : प्रहरीले सरकारी वकिललाई बुझायो प्रतिवेदन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट