२०८२ बैशाख ३ बुधबार
२०८२ बैशाख ३ बुधबार

आईफोनमा नयाँ अपडेट: अब एप आइकनमा मनपर्ने फोटो वा डिजाइन राख्न सकिने

काठमाडौं । आईफोन प्रयोगकर्ता हुनुहुन्छ भने एउटा राम्रो खबर छ । अब तपाईँले आईफोनको एप आइकनहरूलाई आफ्नो रुचि अनुसार परिवर्तन गर्न सक्नुहुन्छ ।

हालै एप्पलले सबै प्रयोगकर्ताका लागि यस्तो फिचर थप गरेको हो । यो सुविधाले फोनको होम स्क्रिनलाई अझ आकर्षक र पर्सनलाइज बनाउन मद्दत गर्ने एप्पलको विश्वास छ । 

पुराना र परम्परागत आइकनहरू हेर्दा दिक्क लाग्छ भने अब मनपर्ने फोटो वा डिजाइनलाई एप आइकनको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । 

यस्तो छ प्रक्रिया

– सबैभन्दा पहिले सर्टकट एपमा जानुहोस् । 

– स्क्रिनको माथिपट्टि दायाँतिर भएको प्लस (+) आइकनमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको तल देखिएको ओपन एपमा ट्याप गर्नुहोस् ।

– मधुरो निलो रंग भएको एपमा ट्याप गर्नुहोस् ।

– आफूले आइकन परिवर्तन गर्न चाहेको एपमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको सबैभन्दा माथि ओपन एपको छेउतिर भएको ड्रप डाउन (˅) आइकनमा ट्याप गर्नुहोस् ।

– अब एड टु होम स्क्रिनमा ट्याप गर्नुहोस् ।

– स्क्रिनको बायाँतिर भएको ग्यालरी आइकनमा ट्याप गर्नुहोस् ।

– अब चुज फोटो अप्सनमा ट्याप गर्नुहोस् ।

– आफूले चाहेको फोटोमा ट्याप गर्नुहोस् ।

– यसपछि फोटो क्रप गर्ने अप्सन आउँछ । आफूले चाहेजस्तो फोटो क्रप गरेर चुजमा ट्याप गर्नुहोस् ।

– अब स्क्रिनको सबैभन्दा माथि दायाँतिर भएको एड अप्सनमा ट्याप गर्नुहोस् । 

– अब होमस्क्रिनमा जानुहोस् । यहाँ तपाईँले आफ्नो नयाँ आइकन सहितको एप देख्न सक्नुहुन्छ । 

पछिल्लो अध्यावधिक: चैत १५, २०८१ ८:३०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट