२०८२ बैशाख ४ बिहीबार
२०८२ बैशाख ४ बिहीबार

मिक्स्ड रियालिटी हेडसेटदेखि अत्याधुनिक रोबोट निर्माणमा जुट्दै भिभो

काठमाडौं । चीनमा जारी ‘बोआओ फोरम फर एसिया २०२५’ सम्मेलनमा भिभोले आफ्नो भविष्यको प्रविधि र योजना प्रस्तुत गरेको छ ।

मंगलबारदेखि  सुरु भएको सम्मेलनमा ‍भिभोले मिक्स्ड रियालिटी हेडसेट ‘भिभो भिजन’ सार्वजनिक गर्नुका साथै अत्याधुनिक रोबोट निर्माणमा जुटेको घोषणा गरेको छ ।

भिभोको मिक्स्ड रियालिटी हेडसेटले प्रयोगकर्ताहरूलाई वास्तविक र भर्चुअल संसारको मिश्रणको अनुभव दिने बताइएको छ । यो हेडसेटले दैनिक जीवनलाई अझ सहज र मनोरञ्जनात्मक बनाउने कम्पनीको दाबी छ ।

यसका साथै, भिभोले रोबोटिक्स ल्याब स्थापना गरी घर र व्यक्तिगत प्रयोगका लागि अत्याधुनिक रोबोट निर्माणमा काम सुरु गरेको छ । 

सोही कार्यक्रममा अवसरमा कम्पनीले आफ्नै ल्याङ्ग्वेज मोडेलदेखि सिक्सजी प्रविधिसम्मका योजना सार्वजनिक गरेको छ ।

यसअन्तर्गत ‘ब्लु टेक्नोलोजी म्याट्रिक्स’ मा ‘ब्लुइमेज’ (क्यामेरा प्रविधि), ‘ब्लुएलएम’ (आर्टिफिसियल इन्टेलिजेन्स), ‘ब्लुओएस’ (अपरेटिङ सिस्टम), ‘ब्लुचिप’ (चिप), ‘ब्लुभोल्ट’ (ब्याट्री प्रविधि) लगायत समावेश छन् ।

भिभोको आगामी फ्ल्यागशिप इमेजिङ स्मार्टफोन ‘भिभो एक्स २०० अल्ट्रा’ लाई ‘बोआओ फोरम फर एसियाको आधिकारिक स्मार्टफोन’ को उपाधि दिइएको छ ।

 

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १५:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट