सल्यान । राष्ट्रिय परिचयपत्र बनाउन लाइनमा बसेका एक वृद्धको बिहीबार मृत्यु भएको छ । सल्यानको बागचौर नगरपालिका-७ का ७० वर्षीय टीकाराम वलीको जिल्ला प्रशासन कार्यालयमा परिचयपत्र बनाउने क्रममा लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान ११:५० बजे लाइनमा बसेका वली लडेपछि टाउकोमा गम्भीर चोट लागेको थियो । जिल्ला अस्पताल सल्यानमा उपचारका क्रममा दिउँसो १२:५५ बजे डाक्टरले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
प्रहरीका अनुसार घटनाको थप अनुसन्धान भइरहेको छ ।
पछिल्लो अध्यावधिक: चैत १४, २०८१ १८:२

सामाग्री श्रोत :
टेक पाना