२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

गुगलले बनायो फुटबल खेल्ने एआई रोबोट, खेलाडीहरूको भविष्य के होला ?

काठमाडौं । गुगल डिपमाइन्डका अनुसन्धानकर्ताले मान्छे जस्तै देखिने साना रोबोटहरू बनाएका छन् । ‘रोबोटिस ओपी थ्री’ (Robotis OP3) नामक यी रोबोटले कुद्न, बल प्रहार गर्न, लडेपछि आफैं उठ्न र खेलको रणनीति बुझ्न सिकेका छन् । 

गुगलले सार्वजनिक गरेको भिडिओमा रोबोटहरु एक-अर्काविरुद्ध फुटबल खेलेको देखिन्छ । डिपमाइन्डका अनुसन्धानकर्ताका अनुसार रोबोटहरूले फुटबलका नियमहरू सिक्नुका साथै बलको दिशा अनुमान गर्न, विपक्षीको आक्रमण रोक्न र खेलको प्रवाह बुझ्न सक्ने क्षमता राख्छन् ।

रोबोटले फुटबल खेल्नेबाहेक ओरिगामी बनाउने, खाना प्याक गर्ने र अन्य कामहरू कुशलतापूर्वक गर्ने डिपमाइन्डको रिसर्च पेपरमा उल्लेख छ । यदि कुनै वस्तु समाउन खोज्दा चिप्लियो भने रोबोटले तुरुन्तै समायोजन गरेर पुनः समाउन सक्ने बताइएको छ ।

‘जेमिनाई रोबोटिक्स’ नामक नयाँ एआई मोडेलले रोबोटलाई यस्ता कामहरू गर्न सिकाएको हो । यो मोडेलले रोबोटहरूलाई वातावरणअनुसार विभिन्न प्रकारका कामहरू गर्न सक्षम बनाउने कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक वर्ष पहिले नै तयार पारिएको यस प्रविधि हाल एप्ट्रोनिकको ह्युमनाइड रोबोट ‘अपोलो’ मा परीक्षण भइरहेको छ ।

भविष्यमा यस्ता रोबोटहरूले घरायसी कामदेखि उद्योग र सेवा क्षेत्रमा समेत महत्त्वपूर्ण योगदान दिने विश्लेषण भइरहँदा केही चिन्ताहरू पनि सँगै उठेका छन् । रोबोटलाई हाम्रो वातावरणअनुसार बनाउने कि हाम्रो वातावरणलाई रोबोटका लागि सहज बनाउने भन्ने बहस चलेको छ ।

अहिलेका सफल औद्योगिक रोबोटहरू मानवजस्तो नभई विशेष कामको लागि बनाइएका हुन् । विज्ञहरूका अनुसार हाल विकास भएका रोबोटहरू सुस्त र कोमल वस्तुहरू सम्हाल्न कठिनाइ हुने खालका छन् । मानवसहितको वातावरणमा सहज बनाउन अझै चुनौतीपूर्ण हुन सक्ने उनीहरुको विश्लेषण छ ।

पछिल्लो अध्यावधिक: चैत १४, २०८१ ११:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट