२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

द्रब्य लिएका केही बुद्धिजिवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीले राजा र राजसंस्थाका बारेमा भ्रम फैलाउन खोजिरहेको आरोप लगाएको छ। नेपालका केही बुद्धिजिवी र मिडियाहरू यसमा लागिरहेको राप्रपाले जनाएको छ।

‘द्रब्य लिएर विदेशी स्वार्थ र विदेशी एजेण्डा बोक्ने कथित बुद्धिजिवी र केही मिडिया समेतले नकारात्मकता फैलाउन राजा र राजसंस्थाका विगतका अनेकन किस्साहरु उत्खनन गरिरहेका छन्, ती सबै प्रयासहरु निरर्थक हुनेछन्,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने, ‘परिवर्तनको वहाव र जनचाहनालाई अनेकन आवरणमा रोक्न खोज्नु हत्केलाले सूर्य छोप्न खोज्नु जत्तिकै असम्भव र दुस्साहसपूर्ण हुनेछ। गणतन्त्र यसको प्रयोगबाटै असफल भइसक्यो। यो नेपालको लागि होइन, नेपालीले धान्न सकेन, सक्दैन।’

उनले अगाडि भनेका छन्, ‘देश यथास्थितिमा अघि बढिरहन अब किमार्थ सम्भव छैन्, राजसंस्था, हिन्दुराष्ट्रको पुनस्स्थापना र संघीयता खारेजीको पक्षमा हुने आन्दोलन, संघर्ष र प्रदर्शनहरुमा हाम्रो साथ, सहयोग र समर्थन हुनेछ।’

उनले शान्तिपूर्ण र अहिंसात्मक आन्दोलन, आन्दोलनको जगमा परिवर्तन अबको गन्तव्य हुने समेत जनाएका छन्।

 


सामाग्री श्रोत :

द्रब्य लिएका केही बुद्धिजिवी र मिडिया राजसंस्थाको बिरोधमा लागेः राप्रपा प्रवक्ता

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट