२०८२ बैशाख २ मंगलवार
२०८२ बैशाख २ मंगलवार

च्याटजीपीटमा मासिक २० डलर पर्ने ‘कस्टम एआई’ एन्ड्रोइड प्रयोगकर्तालाई निःशुल्क दिँदै गुगल

 

काठमाडौं । गुगलले एन्ड्रोइड प्रयोगकर्तालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सेवा ‘जेम्स’ निःशुल्क उपलब्ध गराउने भएको छ । योसँगै प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार कस्टम एआई असिस्टेन्ट तयार गर्न सक्ने भएका छन् ।

‘जेम्स’ एक व्यक्तिगत एआई असिस्टेन्ट हो, जसलाई प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार बनाउन तथा प्रयोग गर्न सक्छन् । यसअघि गुगल वन एआई प्रिमियम सदस्यता लिएका प्रयोगकर्ताले मात्र यो सुविधा प्रयोग गर्न पाउँथे । 

ब्रेनस्टोर्मर, क्यारियर गाइड, कोडिङ पार्टनर, लर्निङ कोच र राइटिङ एडिटर गरी गुगलले पाँच ओटा जेम्स पहिल्यै उपलब्ध गराएको छ । त्योसँगै प्रयोगकर्ताले आवश्यकता अनुसार थप जेम्स बनाउन सक्छन् । 

प्रयोगकर्ताले ‘न्यु जेम’ बटन प्रयोग गरी आफ्नै कस्टम एआई असिस्टेन्ट बनाउन सक्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार एन्ड्रोइडमा जेम्स प्रयोग गर्न सकिए पनि नयाँ जेम्स सिर्जना गर्न कम्प्युटरबाट gemini.google.com मा जानुपर्नेछ । 

यो सेवा ओपनएआईको कस्टम जीपीटी सेवासँग मिल्दोजुल्दो छ । ओपनएआईले च्याटजीपीटी प्लस सदस्यतासँग मासिक २० डलर लिएर यो सुविधा दिँदै आएको छ ।

गुगलले भने यस्ता प्रिमियम सुविधाहरूलाई सर्वसाधारणका लागि निःशुल्क उपलब्ध गराउने रणनीति पछ्याएको देखिन्छ । योसँगै भविष्यमा जेमिनाई थप प्रभावकारी भएर बजारमा आउने विश्लेषण गरिएको छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८१ २३:५४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट