काठमाडौं । डोङफेङ नामीका लागि नेपालको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नयाँ फाइनान्सिङ अफर ल्याएको छ ।

यसअन्तर्गत ग्राहकले नजिकको नामी शोरुममार्फत पाँच लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमै विद्युतीय गाडी आफ्नो बनाउन सक्नेछन् ।
सीमित अवधिका लागि आएको यस अफरमा २० प्रतिशत डाउन पेमेन्टमा नामी ईभी खरिद गर्ने सुविधा दिइएको छ । बाँकी ८० प्रतिशत रकम फाइनान्सिङ गरी समयअनुसार तिर्न सकिनेछ ।
४८ घण्टाभित्र कर्जा स्वीकृत हुने भएकाले नामी ईभी खरिद प्रक्रिया सहज बन्ने कम्पनीको भनाइ छ ।

पछिल्लो अध्यावधिक: चैत १३, २०८१ १९:१५
सामाग्री श्रोत :
टेक पाना