२०८२ बैशाख २९ सोमबार
२०८२ बैशाख २९ सोमबार

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

रूपन्देही । रूपन्देहीमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तिलोत्तमा नगरपालिका-५ बस्ने ३५ वर्षीय राजन अर्याल रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको क्रिमशन हस्पिटल मणिग्राममा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

शुद्धोधन गाउँपालिका-३ बेतानीस्थित सडकमा लु३त ६३२२ नम्बरको ट्याक्टरले लु४१प ७५९६ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिएको थियो।

साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ। प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।


सामाग्री श्रोत :

ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट