२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

नेपालको डिजिटल क्षेत्रमा सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन अपरिहार्य: विश्व बैंक

काठमाडौं । विश्व बैंकले नेपालमा डिजिटल रुपान्तरणलाई तीव्र बनाउन दूरसञ्चार ऐन समयानुकूल परिमार्जन गर्नुपर्ने सुझाव दिएको छ । हालै सार्वजनिक ‘नेपाल राष्ट्रगत आर्थिक परिदृश्य : नेपालमा आर्थिक वृद्धिको सम्भावना उजागर’ प्रतिवेदनमा विश्व बैंकले डिजिटल क्षेत्रको वृद्धि र प्रभावकारिता बढाउन कानुनी तथा नीतिगत सुधारमा जोड दिएको हो । 

विद्यमान दूरसञ्चार ऐनले यस क्षेत्रका पछिल्ला समस्या चुनौतीलाई स्पष्ट रूपमा सम्बोधन नगरेको भन्दै सरोकारवालाले अद्यावधिक गर्न जोड दिँदै आएका छन् । यही सन्दर्भमा विश्व बैंकले दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकासमा ध्यान दिनुपर्नेमा जोड दिएको छ । 

“नेपालको डिजिटल क्षेत्रमा तीव्र सुधार ल्याउन दूरसञ्चार ऐन परिमार्जन गर्नुका साथै डिजिटल रणनीति अवलम्बन र डिजिटल पूर्वाधारको विकासले यस क्षेत्रको विकासलाई विस्तार गर्नेछ,” प्रतिवेदनमा भनिएको छ ।

नेपालमा डिजिटल साक्षरताको कमी एक प्रमुख चुनौती रहेको भन्दै विश्व बैंकले विद्यालय पाठ्यक्रममा डिजिटल सीप समावेश गर्नुपर्ने र उमेर समूहका लागि र जनसांख्यिक विशेषताका आधारमा तालिम कार्यक्रम सञ्चालन गर्नुपर्ने सुझावसमेत दिएको छ ।

प्रतिवेदनले नेपालको समग्र आर्थिक वृद्धिलाई तीव्र बनाउन डिजिटलाइजेसन प्रमुख कारक बन्नसक्ने औंल्याएको छ । 

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १२:१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट