२०८२ असार ५ बिहीबार
LATEST NEWS
२०८२ असार ५ बिहीबार

नेपाल मलेसियासँग पराजित

काठमाडौं। एएफसी एसियन कप २०२७ को तेस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल मलेसियासँग पराजित भएको छ।

मलेसियाको सुल्तान इब्राहिम स्टेडियम आज सप्पन्न खेलमा मलेसियासँग नेपाल २–० गोलअन्तरले पराजित भएको हो। यो जितसँगै मलेसियाले तीन अंक जोडेको छ। खेलको २९औँ मिनेटमै हेक्टर हेभलले गोल गर्दै मलेसियालाई पहिलो अग्रता दिलाए।

त्यसपछि खेलको ७१औँ मिनेटमा मलेसियाका अर्का खेलाडी लाभेर कोर्बिन–अङ्गले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि खेलमा गोल हुन सकेन र मलेसियाले नेपालमाथि २–० को जित निकाल्यो।

यस पटकको छनोटमा एसियाका २४ टिमलाई छ समूहमा विभाजित गरिएको छ। जसमा नेपाल एफमा रहेको छ। नेपालको समूहमा मलेसियासँगै भियतनाम र लाओस छन्। ‘होम एण्ड अवे’ प्रणालीमा खेलाइने छनोटपछि प्रत्येक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ।

आजको खेल नेपालमा हुनुपर्ने भए पनि एसियाली फुटबल महासंघले दशरथ रंगशालालाई मान्यता नदिएपछि मलेसियामा भएको हो।


सामाग्री श्रोत :

नेपाल मलेसियासँग पराजित

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट