२०८१ चैत्र २६ मंगलवार
२०८१ चैत्र २६ मंगलवार

विद्युत् प्राधिकरणको डिजिटल बोर्ड ह्याक भएपछि एमाले निकट युवाबाट कार्यालय प्रमुखमाथि हातपात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्ड ह्याक प्रकरणमा नेकपा एमाले निकट युवा समूहले कार्यालय प्रमुखमाथि हातपात गरेको छ । मंगलबार बिहान ३५/४० जनाको समूहले वितरण केन्द्रका प्रमुख रामु श्रेष्ठमाथि हातपात गर्नुका साथै कार्यकक्ष तोडफोड गरेको हो । 

सोमबार दिउँसो प्राधिकरणको डिजिटल बोर्डको डिस्प्लेमा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध नारा देखिएको थियो । यस घटनापछि मंगलबार बिहान एमाले निकट राष्ट्रिय युवा संघ, चितवनले कार्यालयमा पुगेर ध्यानाकर्षण पत्र बुझाएको थियो ।

सो क्रममा आक्रोशित समूहले कार्यालय प्रमुख रामु श्रेष्ठलाई हातपात गरेको एक कर्मचारीले टेकपानालाई बताए । उनका अनुसार स्थिति तनावपूर्ण बनेपछि जिल्ला प्रशासन कार्यालयलाई खबर गरी सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी विकास खनालले घटनाको विस्तृत अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिइएको बताए ।

“हामीले घटनाको थप अनुसन्धानका लागि प्रहरीलाई निर्देशन दिइसकेका छौं । साथै डिजिटल बोर्डको विषयलाई लिएर पनि प्राधिकरण लगायतसँग सोधपुछको काम भइरहेको छ,” खनालले भने । साथै, कार्यालय प्रमुखको कार्यकक्षमा लगाइएको ताला खोलेर सेवा पुनः सुचारु गरिएको उनले बताए ।

यता, युवा संघ चितवनका अध्यक्ष झलक भट्टले कार्यालय प्रमुखमाथि हातपात नभएको दाबी गरे । बोर्ड ह्याक प्रकरणबारे सोधपुछ गर्ने क्रममा सामान्य विवाद भएपनि हातपात नभएको उनले जिकिर गरे ।

“कार्यालयको डिजिटल बोर्ड ह्याक भएको भन्ने थाहा पाएर हामी आज (मंगलबार) बिहान १०:३० बजेतिर त्यहाँ पुगेर कार्यालय प्रमुख रामु (श्रेष्ठ) सर सँग भेटघाट गरेका थियौं,” उनले टेकपानासँग भने, “बोर्डमा नोटिसहरू राख्ने जिम्मेवारी उहाँकै भएको र उहाँसँगै नै पासवर्ड हुने भएकाले उहाँको जिम्मेवारीलाई प्रश्न उठाएका थियौं । त्यही क्रममा विवाद चाहिँ भएको थियो । तर हातपात नै गरेको भन्ने कुरा गलत हो ।”

विवादको चर्किएपछि कार्यालय प्रमुखलाई कार्यकक्षबाट बाहिर निकालेर घटनाको विषयमा सत्यतथ्य जाँच नभएसम्म भित्र पस्न दिदैँनौ भनेर ताला लगाएर आफूहरू कार्यालयबाट निस्किएको उनले बताए ।

पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १७:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट