काठमाडौं । माइक्रोसफ्टले साइबर सुरक्षा सुधार गर्ने उद्देश्यसहित नयाँ एआई एजेन्टहरू सार्वजनिक गरेको छ । यसअघि ल्याएको ‘सेक्युरिटी कोपाइलट’ नामक च्याटबटलाई अझ प्रभावकारी बनाउन कम्पनीले ६ नयाँ एआई एजेन्ट प्रस्तुत गरेको हो ।

द भर्जमा उल्लेख भएअनुसार माइक्रोसफ्टले यी एजेन्ट अर्को महिनादेखि प्रयोगकर्तालाई उपलब्ध गराउनेछ ।
यी एआई टुलले फिसिङ आक्रमण पत्ता लगाउने, डेटा चोरी रोक्ने, सुरक्षा कमजोरीहरू पत्ता लगाउनुका साथै साइबर सुरक्षासँग सम्बन्धित अन्य कार्य गर्ने कम्पनीको दाबी छ ।
माइक्रोसफ्टले वन ट्रस्ट, एभियाट्रिक्स, ब्लुभोयन्ट, टानियम जस्ता कम्पनीसँग सहकार्य गरी थप पाँच सेक्युरिटी एजेन्ट ल्याउने भएको छ । त्यस्तै माइक्रोसफ्ट डिफेन्डर फर अफिस ३६५ मा सुधार गर्दै माइक्रोसफ्ट टिम्स प्रयोगकर्तालाई फिसिङ आक्रमणबाट बचाउन नयाँ सुरक्षा प्रणाली लागु गर्ने कम्पनीको तयारी छ ।

यसका साथै कम्पनीले आगामी अप्रिल ९ मा माइक्रोसफ्ट सेक्युर इभेन्टमा अन्य महत्त्वपूर्ण साइबर सुरक्षा समाधान ल्याउने बनाएको छ ।
पछिल्लो अध्यावधिक: चैत १२, २०८१ १७:३८
सामाग्री श्रोत :
टेक पाना