काठमाडौं । आगामी १६ चैतदेखि सुरु हुने नेपाल सुपर लिग (एनएसएल) को तेस्रो सिजनमा टिकटक अफिसियल इन्टरटेनमेन्ट पार्टनर बनेको छ । दशरथ रंगशालामा एक महिनासम्म सञ्चालन हुने यस प्रतियोगितामा टिकटक जोडिएको हो ।

साझेदारी अनुसार यस फुटबल महोत्सवलाई टिकटकमार्फत थप अन्तरक्रियात्मक बनाइनेछ । प्रयोगकर्ताहरूले आफ्नो मनपर्ने टिम, खेलाडी तथा म्याच डे इभेन्टहरूबारे छलफल गर्न र कन्टेन्ट सिर्जना गर्नसक्ने बताइएको छ ।
फ्यानहरू #NSL र #NepalSuperLeague जस्ता ह्यासट्यागमार्फत प्रतियोगितासँग जोडिन सक्नेछन् । साथै, #CelebrateFootball ह्यासट्यागले विशेष खेल क्षणहरू तथा बिहाइन्ड-द-सिन कन्टेन्टहरू प्रस्तुत गर्नेछ ।
टिकटक दक्षिण एसियाकी कन्टेन्ट अपरेसन प्रमुख पूजा दत्ताले भनिन्, “एनएसएल थ्रीको अफिसियल इन्टरटेनमेन्ट पार्टनर बन्न पाउँदा हामी उत्साहित छौं । टिकटक नेपालमा खेलकुद कन्टेन्टको महत्त्वपूर्ण केन्द्र बनिसकेको छ । यस साझेदारीले फ्यानहरूलाई डिजिटल माध्यममार्फत नयाँ अनुभव प्रदान गर्नेछ ।”

एनएसएलका प्रबन्ध निर्देशक श्रेयान्स कार्कीले भने, “फुटबल केवल खेल मात्र होइन, यो भावना, समाज र साझा अनुभवको प्रतीक हो । टिकटकमार्फत हामी फ्यानहरूलाई लिगको उत्साहमा सहभागी गराउन उत्साहित छौं ।”
एनसेल एनएसएलका सबै विशेष कन्टेन्ट तथा अपडेटहरूका लागि टिकटकमा @nepalsuperleague फलो गर्न सकिनेछ ।
पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १०:१
सामाग्री श्रोत :
टेक पाना