२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

भन्सार छलेर काठमाडौंमा मोबाइल बिक्री गर्दै आएका भारतीय नागरिक पक्राउ

काठमाडौं । भन्सार छली गरी ल्याइएका विभिन्न ब्रान्डका स्मार्टफोनहरू बिक्री गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको बिहार घर भई हाल काठमाडौंको बसन्धुरामा बस्दै आएका २९ वर्षीय मोहम्मद शाकिव खान रहेका छन्जो । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालित प्रहरी टोलीले शनिबार न्युरोडबाट खानलाई पक्राउ गरेको हो ।

काठमाडौंका विभिन्न स्थानमा भन्सार छली तथा चोरी पैठारी गरिएका मोबाइलहरू बिक्री भइरहेको विशेष सूचनापछि प्रहरीले निगरानी बढाएको थियो । सोही सूचनाका आधारमा खानलाई नियन्त्रणमा लिइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय​का प्रवक्ता प्रहरी उपरीक्षक काजी कुमार आचार्यले जानकारी दिए ।

उनका अनुसार खानको साथबाट १९ ओटा आईफोनसहित दुई ओटा वनप्लस, एक/एक ओटा नार्जो, ओप्पो, गुगल, ह्वावे, इन्फिनिक्स, भिभो र मोटोरोलाका मोबाइल फोन बरामद गरिएको छ ।

खानलाई थप अनुसन्धानका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा पठाइएको छ ।

पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १२:१४




सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट