२०८१ चैत्र २७ बुधबार
२०८१ चैत्र २७ बुधबार

१ अर्ब २० करोड खर्चेर १८ रोपनी जग्गामा आधुनिक गोदाम बनाउँदै ‘उपाय’

काठमाडौं । प्रविधिमा आधारित लजिस्टिक्स कम्पनी ‘उपाय’ले थर्ड पार्टी लजिस्टिक्स वेयरहाउस व्यवसाय (3PL) विस्तार गर्ने भएको छ । काभ्रेस्थित बनेपा नगरपालिका वडा न. १३, नेपाल प्रहरी स्कुल नजिकै रहेको कम्पनीको करिब १८ रोपनी जग्गामा बन्ने गोदामको अनुमानित लागत एक अर्ब २० करोड रुपैयाँ रहेको छ ।

गोदाम निर्माणका लागि उपायले सिटिजन्स बैंक र माछापुच्छ्रे बैंकबाट ९५ करोड रुपैयाँ ऋण पाएको छ भने बाँकी रकम डोल्मा इम्प्याक्ट फण्ड र अन्य लगानीकर्ताले लगानी गर्नेछन् ।

यो गोदाममा सामान भण्डारण गर्ने, हिसाब राख्ने र सामान ढुवानी गर्ने जस्ता सेवा उपलब्ध गराइने कम्पनीले जनाएको छ । यसबाट विभिन्न कम्पनीहरूलाई आफ्नो सामान व्यवस्थापन गर्न सजिलो हुने कम्पनीको विश्वास छ ।

कम्पनीका अनुसार गोदाममा खानेकुरा, इलेक्ट्रोनिक्स, कपडा, जुत्ता, कस्मेटिक्स, अटो पार्टस् जस्ता विभिन्न सामान राख्न मिल्नेछ । उक्त गोदाम ४५ हजार वर्ग फिटको हुनेछ, जसमा एक लाख वर्ग फिटभन्दा बढी सामान राख्न सकिनेछ ।

आधुनिक प्रविधि प्रयोग गरेर बलियो स्टिलबाट बन्ने गोदाम भूकम्प प्रतिरोधी हुनेछ कम्पनीको भनाइ छ । यसमा धेरै सामान अट्ने र्‍याकहरू हुनेछन् र क्लाइन्टले चाहे अनुसारको कोठा पनि बनाइनेछ ।

सन् २०२६ को अन्त्यसम्म तयार हुने यो गोदामलाई वातावरणमैत्री बनाउन फोहोर व्यवस्थापन र पानी संकलन गर्ने प्रणाली पनि राखिनेछ ।

उपायका सञ्चालकहरूले नेपालमा सामान ढुवानीको खर्च धेरै भएकोले यो गोदामले त्यसलाई घटाउन मद्दत गर्ने बताएका छन् । 

पछिल्लो अध्यावधिक: चैत ११, २०८१ १३:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट