२०८२ कार्तिक ३ आईतवार
LATEST NEWS
२०८२ कार्तिक ३ आईतवार

देउवालाई शाहीको जवाफ- बीपीको सिद्धान्त बेचेर खानुभएछ

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बीपीको सिद्धान्त बेचेर खाएको आरोप लगाएका छन्।

नेता ज्ञानेन्द्र शाहीले आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो भनेका हुन्।

यसअघि पार्टीको बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले  पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजा बन्नलायक नभएको भन्दै नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेकाले संवैधानिक राजा बन्नुभन्दा पनि राप्रपाको सभापति बन्न सुझाव दिएका  थिए।

Ncell 2
Ncell 2

यसको जवाफ दिँदै शाहीले भनेका छन्, ‘बीपीको सिद्धान्त मान्दै हुर्केको कांग्रेसको सभापति हुनुभएको हो माननीय पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू, हजुरले बीपीको सिद्धान्त पनि बेचेर खानुभएछ। राजालाई राप्रपाको सभापति हुनुहोस् भन्नुभएछ। त्यसो भए हजुर ३ पटक प्रधानमन्त्री राप्रपाको सभापतिसँग सपथ खाँदै बन्नुभएको हो ?’

उनले ‘जसले भुइँ छोड्छ, उसको पतन निश्चित हुन्छ’ भन्ने नेपाली उखान याद गर्नसमेत भनेका छन्। ‘सभापतिज्यू, यदि तपाईंसँग राजाको बारेमा कांग्रेसको धारणा के छ भनेर बुझ्न मन छ भने कांग्रेसमा चुनाव गराउन सक्नुहुन्छ, हिम्मत छ ?,’ भनि प्रश्न पनि सोधेका छन्।

shivam cement
shivam cement

 

 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट