२०८३ श्रावण ३ आईतवार
LATEST NEWS
२०८३ श्रावण ३ आईतवार

ज्ञानेन्द्र शाह संवैधानिक राजा बन्न लायक छैनन् : देउवा

काठमाडौं–नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवाले राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको दाबी गरेका छन्।

नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण विभागद्वारा आयोजित कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै देउवाले ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायक समेत नभएको बताएका हुन्।

सभापित देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजनीति गर्नु छ भने पार्टी खोलेर राजनीतिमा आउन चुनौती दिएका छन्।

Ncell 2
Ncell 2

उनले भने, ‘ज्ञानेन्द्र संवैधानिक राजा बन्न लायक मान्छे पनि होइनन्। बरु राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो नि। तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्। राप्रपाले पनि दुख पाउँछन्।’

देउवाले राजाका विरुद्धमा बोल्दा आफैंलाई जेल समेत हालिदिएको टिप्पणी गरे। त्यतिबेला अदालतका कारण आफू जेलबाट छुटेको देउवाको भनाइ थियो।

shivam cement
shivam cement

उनले कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला नभएको भन्दै गणतन्त्रको पक्षमा एकताबद्ध भएर लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए।
 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट