२०८२ भाद्र १० मंगलवार
LATEST NEWS
२०८२ भाद्र १० मंगलवार

पाँचौं नेपाल जापान न्युरोसर्जरी कन्फरेन्स आजदेखि सुरु, ६० भन्दा बढी वैज्ञानिक कार्यपत्र प्रस्तुत हुने

काठमाडौं – पाँचौं नेपाल जापान न्युरोसर्जरी कन्फरेन्स आज मार्च २० देखि सुरु भएको छ। तीन दिनसम्म चल्ने यो कन्फरेन्स फङ्सनल न्युरो सर्जरी वर्कशप हो। नेपालमा सन् २००६ देखि डा वसन्त पन्त, डा रेसा श्रेष्ठ लगायतका न्युरो सर्जनको समूहले पार्किन्सन्स शरीरको चालसम्बन्धी गडबडी विभिन्न प्रकारका मानसिक स्वास्थ्य समस्या मा फंसनल न्युरोसर्जरीको सुरुवात गरेका हुन् । कार्यक्रमको उद्घाटन तथा स्वागत मन्तव्य नेपालका वरिष्ठ न्युरोसर्जन डा पन्त र जापानका वरिष्ठ न्युरोसर्जन प्रोफेसर डा टाकोमी टाईराले राखेका थिए। तीन दिने यस  सम्मेलनमा जापान, बेल्जियम, चीन, भारत, इन्डोनेसिया, क्यानाडा, इरान तथा नेपालका न्युरोसर्जरी क्षेत्रमा कार्यरत चिकित्सक तथा वैज्ञानिकहरूको उपस्थिति  रहनेछ। ६० भन्दा बढी वैज्ञानिक कार्यपत्रहरू प्रस्तुतिका साथै ‘ह्यान्ड्स अन वर्कशप’ हुनेछ।  अहिले नेपालमा न्युरोसर्जनको सङ्ख्या १२० पुगेको छ।
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट