२०८२ आश्विन २८ मंगलवार
LATEST NEWS
२०८२ आश्विन २८ मंगलवार

कोलकत्ताले बैंगलुरुलाई दियो एक सय ७५ रनको लक्ष्य

काठमाडौं। आज देखि सुरु भएको इण्डियन प्रिमियर लिग (आईपीएल)को उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई एक सय ७५ रनको लक्ष्य दिएको छ।

कोलकत्ताको इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कोलकत्ताले कप्तान अजिंख्य रहाणेको अर्धसतकको मद्दतमा निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय ७४ रन बनायो। कोलकत्ताका लागि कप्तान रहाणेले सर्वाधिक ५६ रन बनाए। उनले ३१ बलमा ६ चौका र ४ छक्का प्रहार गरे। यस्तै ओपनर सुनिल नारायणले ४४ रन बनाउँदा अंगक्रिस रघुवंशीले ३० रन बनाए।

बैंगलुरुका लागि क्रुनाल पाण्ड्याले सर्वाधिक ३ विकेट लिए। यस्तै जोश हेजवुडले २ तथा याश दयाल रसिक सलाम र शुयास शर्माले समान एक एक विकेट लिए।


सामाग्री श्रोत :

कोलकत्ताले बैंगलुरुलाई दियो एक सय ७५ रनको लक्ष्य

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट