२०८२ फाल्गुन २१ बिहीबार
२०८२ फाल्गुन २१ बिहीबार

प्रकृति लम्साल मृत्यु प्रकरणः केआइआइटीले नेपाली विद्यार्थीहरूलाई फिर्ता बोलायो

काठमाडौँ – भारतको उडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)ले नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयबाट निष्कासन गर्ने निर्णय फिर्ता लिएको छ।

विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्साल मृत भेटिएको घटनाबारे अनुसन्धान गर्न माग गरेपछि विश्वविद्यालयले नेपाली विद्यार्थीहरूलाई निष्कासन गरेको थियो।

चौतर्फी विरोधपछि विश्वविद्यालयले सोमबार साँझ सूचना निकालेर नेपाली विद्यार्थीहरूलाई फिर्ता भएर अध्ययन सुचारु गर्न अपील गरेको हो।

‘केआइआइटी प्रशासनले शैक्षिक गतिविधिहरू सुचारु गर्न क्याम्पस र छात्रावासमा सामान्य अवस्था ल्याउन प्रयास गरिरहेको छ। क्याम्पस छाड्ने वा योजना बनाएका हाम्रा सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई फर्केर कक्षाहरू सुचारु गर्न अपिल गरिन्छ,’ विश्वविद्यालयले भनेको छ।

साथै विश्वविद्यालयले प्रकृतिको मृत्यु प्रकरणसँग जोडिएका आरोपीलाई प्रहरीले पक्राउ गरिसकेको पनि जानकारी गराएको छ।

केआइआइटीले नेपाली विद्यार्थीहरूमाथि दमन गरेर निष्कासन गरेको भन्दै सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो।

भारतस्थित नेपाली दूतावासले पनि विज्ञप्ति जारी गरी प्रकृति लम्सालको मृत्युसम्बन्धमा निष्पक्ष छानबिन गर्न र त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरूको सुरक्षाका लागि भारतको केन्द्र सरकार, राज्य सरकार र विश्वविद्यालय प्रशासनसँग निरन्तर संवाद भइरहेको बताएको थियो।

प्रकृति लम्सालको न्यायका लागि भारतीय दूतावासअगाडि प्रदर्शन (तस्बिरहरू)



Source link

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट