२०८२ आश्विन २८ मंगलवार
२०८२ आश्विन २८ मंगलवार

भान्से धमाका २ : साइप्रसमा बडादशैं विशेष सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न

लिमासोल (साइप्रस), अक्टोबर ५ — बडादशैंको अवसर पारेर साइप्रस मा आयोजित विशेष सांस्कृतिक कार्यक्रम ‘भान्से धमाका २’ उत्साहपूर्ण र भव्य वातावरणमा सम्पन्न भएको छ। कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली शेफ सोसाइटी साइप्रसको आयोजनामा लिमासोल–निकोसिया हाईवेमा अवस्थित ट्रिकिस प्यालेस हलमा सम्पन्न भएको हो।

कार्यक्रमको अध्यक्षता सोसाइटीका अध्यक्ष रेशम बहादुर लामाले गरेका थिए। प्रमुख अतिथि गैर आवासीय नेपाली संघ (NRNA) साइप्रसका अध्यक्ष धाता नन्द पाण्डेले उपस्थित सबैलाई बडादशैंको शुभकामना व्यक्त गर्दै कार्यक्रममा साइप्रसमा रहेका नेपाली समुदायबीच एकता र सहकार्य सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका थिए।

कार्यक्रममा विशेष अतिथिका रूपमा स्मार्ट पे मनि ट्रान्सफरका डा. रञ्जित महतो र  चितवन सेवा समाज साइप्रसका अध्यक्ष लक्ष्मी रेग्मी, मगर समाज साइप्रसका बलाल मगर, र रुपन्देही सेवा समाजकी विबा विश्वकर्मालगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवीहरूको उपस्थिति उल्लेखनीय थियो।

कार्यक्रममा सहभागी दर्शकहरूले भरपूर मनोरञ्जनसँगै मातृभूमिको झल्को पाएका थिए। प्रवेशद्वारमै टिका–जमरा ग्रहण गर्ने व्यवस्था, नेपाली संगीत र सांस्कृतिक प्रस्तुति, साथै स्वादिष्ट नेपाली परिकारहरूको स्वादले कार्यक्रमलाई नेपालकै उत्सवको झल्को दिएको थियो।

स्थानीय नेपाली कलाकारहरूले आकर्षक नृत्य र गीतमार्फत दर्शकहरूको मन जिते। धनु गुरुङ, बिनिता मगर, गङ्गा गुरुङ, ममता थलाङ, रश्मु तामाङ, विमला लामिछाने राई, अनिता मगर, अपु लिम्बु, सविना गुरुङ, समार छेत्री, समीर लामा र सन्नी राई लगायतका कलाकारहरूले उत्कृष्ट प्रस्तुति दिए। उनीहरूको प्रस्तुति कुनै राष्ट्रिय कलाकारभन्दा कम नभएको दर्शकहरूले अनुभूति गरे।

कार्यक्रमको आकर्षण बनेका गायक तुलसी सिवाकोटीले जर्मनीबाट विशेष रूपमा उपस्थित भई ‘बेनीको बजार’, ‘चलेछ बतास सुस्तरी’, ‘पीरतीको मीठो तिर्सना’, ‘बामरी फुलको बोट’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्दा हल उत्साहले गुञ्जिएको थियो। साइप्रसमा दर्जनौँ पटक प्रस्तुति दिइसकेका सिवाकोटीप्रति दर्शकहरूको उत्साह निकै उच्च देखिन्थ्यो।

कार्यक्रमको सफल सञ्चालन नविन चौलागाईंले गरेका थिए। आयोजक सोसाइटीका अनुसार, उक्त सांस्कृतिक कार्यक्रमको उद्देश्य गरिब, दीर्घ रोगी तथा क्यान्सर पीडितहरूलाई सहयोग गर्नुका साथै अन्तर्राष्ट्रिय स्तरमा नेपाली खाना र संस्कृतिको प्रवर्द्धन गर्नु रहेको थियो।

कार्यक्रममा सहयोग गर्ने व्यक्ति, संघ–संस्था, कलाकार र प्रायोजकहरूलाई सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो। सोसाइटीले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिवद्धता जनाएको छ।

गत वर्ष पनि सोसाइटीले बडादशैंको अवसरमा यस्तै सफल कार्यक्रम आयोजना गरेको थियो, जसले साइप्रस स्थित नेपाली समुदायबीच सांस्कृतिक सम्बन्ध मजबुत बनाउन मदद पुगेको थियो।  

 

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट