२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

अब युट्युब शट्समै फोटोबाट भिडिओ बनाउने एआई फिचर, एआई इफेक्ट्स र एआई प्लेग्राउन्ड पनि उपलब्ध

काठमाडौँ । युट्युब शर्ट्सले आफ्ना क्रियटरहरूका लागि जेनरेटिभ एआई फिचरहरू ल्याएको छ । गुगलको लोकप्रिय भिडिओ प्लेटफर्म युट्युबकै अङ्गको रूपमा रहेको शर्ट्समा भिडिओ बनाउने प्रक्रियालाई अझै सरल र रमाइलो बनाउने नयाँ टुल थपिएका हुन् ।

यी नयाँ टुलहरूमा ‘फोटो टु भिडिओ’, एआई इफेक्ट्स र एआई प्लेग्राउन्ड समावेश छन् । फोटो टु भिडिओ टुलको सहयोगमा अब युट्युब शर्ट्सका प्रयोगकर्ताहरूले आफ्नो क्यामेरा रोलमा रहेका तस्बिरहरूलाई तत्काल भिडिओमा रूपान्तरण गर्न सक्नेछन् । फोटो छनोट गरेपछि यो सुविधाले रचनात्मक सुझावहरू प्रदान गर्दछ ।

उदाहरणका लागि फोटो टु भिडिओमार्फत तपाईँले ल्यान्डस्केप फोटोहरूमा चाल थप्न, तस्बिरहरूलाई एनिमेट गर्न वा ग्रुप फोटोहरूलाई जीवन्त बनाउन सक्नुहुन्छ । युट्युबले दिएको एक उदाहरणमा पैदल यात्री जनाउने सङ्केतको स्थिर तस्बिरलाई हिँड्ने मानिस नाचिरहेको प्रतीकमा बिस्तारै जुम गरिएको छोटो भिडिओमा परिणत गरेर देखाइएको छ ।

यो फिचर हाललाई संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डमा उपलब्ध छ । फोटोबाट भिडिओ बनाउने सुविधा यस वर्षको अन्त्यसम्ममा थप क्षेत्रहरूमा विस्तार गरिने युट्युबले जनाएको छ ।

यस्तै नयाँ एआई इफेक्ट्सले युट्युबमा रचनात्मकताको नयाँ आयाम थप्नेछ । यी नयाँ एआई इफेक्ट्सले तपाईँका डुडलहरूलाई रमाइलो तस्विरमा रूपान्तरण गर्न सक्छन् र तपाईँका सेल्फीलाई रमाइलो भिडिओहरूमा बदल्न सक्छन् । जस्तै पानी मुनि पौडी खेल्ने, ‘लुक अ लाइक’मार्फत जुम्ल्याहा बन्ने आदि । शर्ट्स क्यामेरामा रहेको ‘इफेक्ट्स आइकन’ (Effects ✨icon) मा गएर ‘एआई’ (AI) मा ट्याप गरेर यी सबै जेनरेटिभ इफेक्ट्सहरू ब्राउज गर्न सकिनेछ । यो आउँदा हप्ताहरूमा विश्वभरका थप क्रियटरहरूका लागि विस्तार गरिनेछ ।

सिर्जनाका लागि ‘नयाँ घर’को रूपमा परिभाषित एआई प्लेग्राउन्ड फिचरभित्र तपाईँले नवीनतम जेनरेटिभ एआई क्रियसन टुलहरू, प्रेरणादायक उदाहरणहरूको ग्यालरी र प्रि-फिल्ड प्रम्प्टहरू पाउन सक्नु हुनेछ । जसले तपाईँलाई तत्काल भिडिओ, तस्विर, सङ्गीत लगायतका सिर्जना गर्न मद्दत गर्नेछ ।

एआई प्लेग्राउन्डका लागि ‘क्रिएट बटन’ (create button) मा गएर माथि दायाँ कुनामा रहेको स्पार्कल आइकन (sparkle icon) मा ट्याप गर्नुपर्ने हुन्छ । हाल संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया र न्युजिल्याण्डका सबै प्रयोगकर्ताका लागि यो फिचर उपलब्ध छ । अन्य देशमा विस्तारको बारेमा भने थप जानकारी दिइएको छैन ।

‘फोटो टु भिडिओ’ र ‘जेनरेटिभ इफेक्ट्स’ गुगलको भिडिओ तयार पार्ने एआई मोडल ‘भिओ २’ (Veo 2) बाट सञ्चालित छन् । युट्युबले यस वर्षको अन्त्यसम्ममा ‘भिओ ३’ (Veo 3) लाई पनि युट्युब शर्ट्समा ल्याउने जनाएको छ । यी उपकरणहरूबाट तयार पारिएका सामग्रीहरू ‘एआई जेनरेट’ भनेर जनाउने सिन्थआईडी वाटरमार्क लेबल प्रयोग गरिनेछ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ ११:१२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट