२०८२ श्रावण १० शुक्रबार
LATEST NEWS
२०८२ श्रावण १० शुक्रबार

शेयर नभएका र ५ वर्षदेखि नवीकरण नभएका डिम्याट खाता बन्द गरिने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शेयर मौज्दात नभएका र विगत पाँच वर्षदेखि नवीकरण नगरिएका हितग्राही (डिम्याट) खाता बन्द गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ । बोर्डले आर्थिक वर्ष २०८२/८३ को लागि सार्वजनिक गरेको नीति तथा कार्यक्रममा यो व्यवस्था समावेश गर्दै सीडीएस एस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) लाई सम्बन्धित विनियमावली संशोधन गर्न निर्देशन दिएको हो ।

योसँगै लामो समयदेखि निष्क्रिय रहेका र कुनै पनि शेयर नभएका डिम्याट खाताहरू बन्द गरिनेछ । यस्ता खाताहरू बन्द गर्दा नवीकरण शुल्क प्राप्त हुन नसकेमा सो छुट दिने र निक्षेप सदस्यले नवीकरण शुल्क प्राप्त गरेपश्चात मात्र केन्द्रीय निक्षेप कम्पनीलाई बुझाउनुपर्ने दस्तुर वा शुल्क बुझाउने व्यवस्था गरी सम्बन्धित विनियम संशोधनका लागि बोर्डमा पेश गर्न निर्देशन दिइएको छ।

निष्क्रिय खाता हटाउने नीति ल्याइए पनि शेयर बजारमा लगानीकर्ताको आकर्षण भने बढेको देखिन्छ । बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ २० असारसम्ममा डिम्याट खाता खोल्ने लगानीकर्ताको कुल संख्या ६८ लाख ६५ हजार पुगेको छ।

त्यसैगरी, प्राथमिक शेयर (आईपीओ) भर्न तथा शेयर कारोबारका लागि ‘मेरो शेयर’ खाता लिनेको संख्या पनि ५९ लाख ३३ हजार नाघेको छ । अनलाइनमार्फत शेयर खरिद-बिक्री गर्न युजरनेम लिने लगानीकर्ताको संख्या समेत आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २६ लाख ३३ हजार ५१० पुगेको छ ।

बजार पुँजीकरण र नेप्से सूचकमा समेत उत्साहजनक सुधार देखिएको सेबोनले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा बजार पुँजीकरण ४४ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२ प्रतिशतले बढी हो । यसै अवधिमा नेप्से सूचक पनि २५.७१ प्रतिशतले बढेर २६५५.३९ विन्दुमा पुगेको प्रतिवेदनमा उल्लेख छ ।

पछिल्लो अध्यावधिक: साउन ८, २०८२ ८:१६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट