२०८२ श्रावण ११ शनिबार
LATEST NEWS
२०८२ श्रावण ११ शनिबार

अब नागरिक एपबाटै देश-विदेश, निजी, गैरसरकारी र सरकारी सबै निकायका जागिर समेत खोज्न सकिने

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी खोज्न चाहने व्यक्तिहरू र कामदार खोज्ने संस्थाहरूलाई जोड्ने उद्देश्यले नयाँ ‘जब पोर्टल’ सञ्चालनमा ल्याउन लागेको छ । नागरिक एपबाटै सरकारी, गैरसरकारी र निजी क्षेत्रको रोजगारी खोज्न सकिने गरी उक्त पोर्टल तयार पारिएको हो ।

हाल श्रम मन्त्रालय अन्तर्गतको ‘श्रम संसार’ नामक डिजिटल प्लेटफर्ममा जब पोर्टल बेटा भर्सनको रूपमा उपलब्ध छ । पोर्टलमार्फत देशभित्रको मात्र नभइ, वैदेशिक रोजगारीको जानकारी समेत उपलब्ध गराइनेछ ।

मन्त्रालयले आउँदो सोमबार पोर्टलको लाइभ डेमो प्रस्तुत गर्ने तयारी गरेको छ । सोही दिनबाट जब पोर्टलको औपचारिक सुरुवात समेत हुने मन्त्रालय स्रोतले जनाएको छ । हाल यसलाई नागरिक एपमा पनि एकीकृत गर्ने कार्य चलिरहेको छ ।

श्रम संसार पोर्टलमा सरकारी, निजी तथा गैरसरकारी क्षेत्रमा उपलब्ध रोजगारी, तालिम तथा सेवाहरू सूचीकृत हुनेछन् । रोजगारदाता, सेवा तथा तालिम प्रदायकहरूले पोर्टलमा आफ्नो अकाउन्ट बनाई आवश्यक विवरण पोस्ट गर्न सक्नेछन् । त्यसैगरी, रोजगारी खोज्ने व्यक्तिहरूले पनि आफ्नो अकाउन्ट बनाई आवेदन दिनुपर्नेछ ।

एपीआई इन्टिग्रेसनमार्फत प्यानको आधारमा रोजगारदाता र सेवा प्रदायकहरूको प्रमाणीकरण गरिनेछ । श्रमिकको प्रमाणीकरण भने नागरिक एप र सरकारी परिचयपत्रमार्फत हुनेछ । यो सेवा रोजगारदाता र श्रमिक दुवैका लागि निःशुल्क उपलब्ध हुने मन्त्रालयले जनाएको छ।

श्रम संसारले रोजगारको माग र आपूर्तिको यथार्थ विवरण प्रदान गर्ने, बेरोजगार युवालाई रोजगारी खोज्न सजिलो बनाउने तथा श्रम बजारको वास्तविकता बुझ्न नीति निर्माणमा टेवा पुर्‍याउने उद्देश्य राखेको छ ।

गत मे महिनामा पहिलो पटक सार्वजनिक गरिएको श्रम संसार पोर्टल हाल परीक्षण चरणमा छ । यो प्रणाली स्विस कन्ट्याक्टको सहयोगमा विकास गरिएको हो ।

पोर्टलमा विदेशमा रहेका नेपालीको तथ्याङ्क, अवस्था र समस्याको जानकारी सङ्कलन गर्ने सुविधा पनि छ । साथै आपत्कालीन उद्धारको पर्खाईमा रहेका नेपालीहरूले समेत यसबाट सरकारलाई अनुरोध गर्न सक्नेछन् । यसरी श्रम संसारलाई मन्त्रालयका सम्पूर्ण सेवा तथा जानकारीको एकीकृsत माध्यम समेत बनाउन खोजिएको छ । 

पछिल्लो अध्यावधिक: साउन ७, २०८२ १७:४७





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट