२०८२ श्रावण ८ बुधबार
२०८२ श्रावण ८ बुधबार

आपतकालीन उद्दारमा ड्रोन प्रयोग गर्न उडान र प्राधिकरणबिच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आपतकालीन उद्दारमा ड्रोनको प्रयोग गर्ने भएको छ । यसका लागि प्राधिकरणले नेपाल मानव रहित विमान संघ (उडान) सँग मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

समझदारीअनुसार विपद् व्यवस्थापनका पूर्वतयारीदेखि, उद्दारको तत्काल प्रतिक्रिया, राहत तथा पुनःस्थापनामा उडानले प्राधिकरणलाई आफ्नो प्रविधि, जनशक्ति तथा ड्रोन उपलब्ध गराएर आवश्यक सहयोग प्रदान गर्नेछ ।

हस्ताक्षर कार्यक्रममा बोल्दै गृहमन्त्री रमेश लेखकले प्राकृतिक तथा मानव निर्मित विपद्का घटनामा तुरुन्त प्रतिक्रिया जनाउन प्रविधि प्रयोगको आवश्यकता रहेको बताए । यसको लागि सरकार मात्र नभएर उडान जस्ता गैरसरकारी संस्थासँगको सहकार्य महत्वपूर्ण हुने बताए ।

यस्तै उडानका महासचिव प्रवीन भट्टराईले आपतकालीन अवस्थामा रियल टाइम डेटा सङ्कलन, क्षति मूल्याङ्कन तथा पहुँच विहीन क्षेत्रहरूमा सहायता पुर्‍याउन ड्रोन प्रविधि उपलब्ध गराउने प्रतिबद्धता जनाए । यसका लागि ड्रोन तथा ड्रोन चालक नि:शुल्क उपलब्ध गराउने उनले बताए । ‍

पछिल्लो अध्यावधिक: साउन ६, २०८२ १९:२८





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट