काठमाडौँ । नेपाली फूड डेलिभरी स्टार्टअप भोजमाण्डु गुगल प्ले स्टोरमा १ लाखभन्दा बढी पटक डाउनलोड हुने एप बनेको छ । यससँगै, कम्पनीले आफू नेपाली कम्पनीहरूमध्ये तेस्रो फुड डेलिभरी एपका रूपमा स्थापित गर्न सफल भएको दाबी गरेको छ ।

भोजमाण्डुले यो अवसरमा ग्राहकप्रति आभार प्रकट गर्न “100K+ Celebration Offer” सार्वजनिक गरेको छ । यस विशेष अफर अन्तर्गत नयाँ तथा नियमित ग्राहकहरूलाई विशेष छुट तथा लाभ प्रदान गरिने कम्पनीले बताएको छ ।
यस अन्तर्गत ग्राहकले आफ्नो पहिलो र दोस्रो अर्डरमा ORDERNOW20 कुपन कोड प्रयोग गरेर २० प्रतिशत (रु.५०० सम्म) को छुट प्राप्त गर्न सक्नेछन् । यस्तै ओम तन्दुरी रेस्टुरेन्टबाट कुनै पनि बिरयानी मगाउँदा ५० प्रतिशत छुट, रोयल क्लाउड किचेनबाट एउटा पिज्जा मगाउँदा अर्को पिज्जा नि:शुल्क पाउन सकिनेछ भने लजिज बिरयानी एन्ड रेस्ट्रो हाउसको सम्पूर्ण मेनुमा २० प्रतिशत छुट पाउन सकिनेछ ।
यसैगरी पिज्जा क्रस्टबाट एउटा पिज्जा मगाउँदा एउटा बर्गर सित्तैमा र बकेट बिरयानी केही सीमित अर्डरमा १५ प्रतिशत छुट पाइनेछ । यस्तै तन्दुरी अड्डा, कार्निभल रेस्ट्रो एन्ड मिटिङ, मामा मिया स्टप रेस्टुरेन्ट, न्यु सिप एन्ड स्किप रेस्टुरेन्ट र प्रेम सेकुवाका सम्पूर्ण मेनुमा १० प्रतिशत छुट पाइने कम्पनीले जनाएको छ ।

भोजमाण्डू हाल फास्ट डेलिभरी, स्वादिष्ट खाना, तथा देश–विदेशबाट अर्डर गरेर नेपालमा घरसम्म खाना डेलिभरी सेवा प्रदान गर्दै आएको छ। कम्पनीले आगामी दिनमा फ्लावर डेलिभरी, गिफ्टिङ सोल्युसन, खाद्यान्न आपूर्ति, तथा क्लाउड किचन नेटवर्क विस्तार गर्दै देशभर सेवा पुर्याउने लक्ष्य लिएको छ।
पछिल्लो अध्यावधिक: साउन ५, २०८२ २२:११
सामाग्री श्रोत :
टेक पाना