भक्तपुर– प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी), परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरले शैक्षिक सत्र २०८२/०८३ का लागि डिप्लोमा तथा प्रमाणपत्र तहअन्तर्गत स्वास्थ्य कार्यक्रमहरूमा पूर्ण शुल्कीय तर्फ भर्ना प्रक्रिया सुरु गरेको छ।
परीक्षा नियन्त्रण कार्यालयले साउन २५ गतेभित्र अनलाइन आवेदन फारम भर्न सम्बन्धी सूचना प्रकाशित गर्दै इच्छुक तथा योग्यता पुगेका विद्यार्थीहरूलाई समयमै आवेदन दिन आग्रह गरेको छ।
स्वास्थ्य तर्फका कार्यक्रमहरूको सिट संख्या चिकित्सा शिक्षा आयोग, परिषद्को सम्बन्धन तथा पोलिटेक्निक महाशाखाबाट प्राप्त सूचनाका आधारमा निर्धारण गरिएको हो। परिषद्को “डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका, २०८२” अनुसार विद्यार्थी छनोट प्रक्रिया अघि बढाइनेछ।
यसपल्ट प्रवेश परीक्षा नभइ शैक्षिक योग्यताको आधारमा प्राप्त अङ्क तथा विद्यालयको प्रकारको आधारमा तय हुने अङ्कको योगफल अनुसार योग्यता क्रमानुसार विद्यार्थी छनोट गरिने भएको छ ।
महत्वपूर्ण मिति:अनलाइन आवेदन फारम बुझाउने अन्तिम मिति २०८२ साउन २५ गते रहेको छ । परीक्षा नियन्त्रण कार्यालयको ITMS Online प्रणाली मार्फत आवेदन दिनुपर्नेछ ।
आवेदन फारम भर्न र विस्तृत जानकारीका लागि परिषद्को वेबसाइट www.ctevtexam.org.np मा उपलब्ध निर्देशिका तथा सूचना अध्ययन गर्न अनुरोध गरिएको छ।
परीक्षा नियन्त्रकले सार्वजनिक गरेको सूचनाअनुसार, परिषद्का आङ्गिक, साझेदार तथा निजी शिक्षण संस्थाहरूमा स्वीकृत कार्यक्रम र कोटामा आधारित भर्ना प्रक्रिया निष्पक्षरूपमा सम्पन्न गरिने बताइएको छ।
सीटीईभीटीमा प्रवेश परीक्षा नहुने, जीपीएको आधारमा नै विद्यार्थी छनोट
सामाग्री श्रोत :
swasthyakhabar

