२०८२ श्रावण ५ आईतवार
२०८२ श्रावण ५ आईतवार

बालकले निले तीन इञ्चको काँटी, जनकपुर अस्पतालमा डा चौधरीको टिमले अप्रेसन नगरी निकाल्न सफल

जनकपुरधाम – सिरहा मिर्चैयाका ११ वर्षीय विशाल पण्डितले कसरी तीन इञ्च लामो काँटी निल्न पुगे। काँटी निलेपछि उनीलाई पेट दुख्ने समस्या सुरु भयो तर डरका कारण उनले यो कुरा कसैसँग पनि भनेनन्।

पेटको पीडा निको नभएपछि अभिभावकले उनलाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगे। त्यहाँ गरिएको भिडियो एक्सरेमा विशालको सानो आन्द्रामा कालो रंगको तीन इञ्च लामो काँटी फसेको देखियो। यस दृश्यले अभिभावकसँगै उपचारमा खटिएका पेट तथा ग्याँसट्रोलोजी विशेषज्ञ डा. रामदेव चौधरीलाई पनि अचम्ममा पार्‍यो।

डा. चौधरीले भने, ‘पहिलो प्रयासमै शल्यक्रिया नगरी इन्डोस्कोपीबाटै काँटी निकाल्ने निर्णय गर्‍यौं र हामी सफल भयौं।’

उनको चिकित्सकीय कुशलताका कारण सर्जरी नगरी इन्डोस्कोपी विधिबाट नै काँटी सफलतापूर्वक बाहिर निकाल्न सफल भएको हो। 

डा. चौधरी जनकपुरधामको प्रादेशिक अस्पतालमा कार्यरत वरिष्ठ पेट, छाती तथा ग्याँस्ट्रोलोजी विशेषज्ञ हुन्। उनका अनुसार यस्ता घटना दुर्लभ भए पनि बालबालिकामा यदाकदा यसरी जिज्ञासावश विभिन्न वस्तु निल्ने प्रवृत्ति देखिने गर्छ, जसप्रति अभिभावक सचेत हुनुपर्ने आवश्यकता छ।

 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट