काठमाडौँ । प्राइम कलेज र सूचना प्रविधि कम्पनी स्विभ्ट टेक्नोलोजी प्रालिबिच विद्यार्थीहरूलाई आईटी उद्योगमा वास्तविक कार्य अनुभव प्रदान गर्ने उद्देश्यले एक रणनीतिक साझेदारी सम्झौता भएको छ । विद्यार्थीको प्राविधिक सीप विकास र वृत्ति विकासमा महत्त्वपूर्ण सहयोग पुर्याउने लक्ष्यसहित यस सहकार्य सुरु भएको हो ।

कलेजको प्राइम करिअर सेन्टरको पहलमा भएको उक्त सम्झौतामा कलेजका करिअर सर्भिस निर्देशक अमित स्थापित र स्विभ्ट टेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा संस्थापक सुवास शाहीले हस्ताक्षर गरे । कार्यक्रममा स्विभ्टका प्रमुख वित्तीय अधिकृत (सीएफओ) राहुल गुप्ताको पनि उपस्थिति रहेको थियो ।
यो सहकार्यले शैक्षिक ज्ञानलाई वास्तविक औद्योगिक अनुभवसँग जोड्ने पुलको काम गर्ने कलेजको विश्वास छ । विद्यार्थीहरूले यस साझेदारी अन्तर्गत सूचना प्रविधि क्षेत्रमा प्रत्यक्ष रूपमा काम गर्ने (hands-on learning), आफ्नो प्राविधिक क्षमता बढाउने र समग्र वृत्ति विकासका लागि महत्त्वपूर्ण अवसरहरू प्राप्त गर्ने बताइएको छ ।
प्राइम कलेजले नयाँ पुस्ताका प्राविधिक जनशक्तिलाई सहयोग गर्न प्रतिबद्धता देखाएकोमा स्विभ्ट टेक्नोलोजीका सीईओ शाही र सीएफओ गुप्ताप्रति आभार व्यक्त गरेको छ । यो साझेदारीले स्थानीय शैक्षिक तथा व्यावसायिक समुदायमा सकारात्मक प्रभाव पार्ने अपेक्षा दुवै संस्थाले गरेका छन् ।

पछिल्लो अध्यावधिक: साउन ३, २०८२ २१:५१
सामाग्री श्रोत :
टेक पाना