२०८२ श्रावण ४ शनिबार
२०८२ श्रावण ४ शनिबार

बालकको बाहिर निस्केको आन्द्राको प्रदेश अस्पताल सुर्खेतमा सफल अप्रेसन, अस्पताल पुर्‍याएको २० मिनेटमै थालियो अप्रेसन

सुर्खेत- अस्पताल पुर्याएको २० मिनेटमै अप्रेसन गरी प्रदेश अस्पताल सुर्खेतले आन्द्रा  बाहिर निस्केको बालकलाई बचाएको छ । बाख्रा चराउन जंगल गएको बेला सालको रुखबाट लडेका भेरीगंगा नगरपालिका २ काल्पानीका ६ बर्षीय प्रवीण घर्ती सानो आन्द्रा बाहिर निस्किएको अवस्थामा अस्पताल ल्याएको थियो ।

उनलाई अस्पताल पुर्‍याउँदा बिहिवार विदाको दिन सर्जन डाक्टर पंकज गिरी भने इमरजेन्सीमा बिरामी हेर्दै थिए । बच्चाको अवस्था गम्भिर देखेपछि उनले ढिला नगरी बच्चालाई तुरुन्तै अप्रेसन थ्रियटरमा लगेर  बरिष्ठ सर्जन डाक्टर गणेश थापाको निर्देशनमा  सर्जन डाक्टर पंकज गिरी र उनको टिमले अप्रेसन  सुरु गरेको थियो ।

बाहिर निस्केको आन्द्रालाई बचाएर भित्र राखियो, डाक्टर पंकजले भने, यति छिटो अप्रेसन नगरेको भए बाहिर निस्केको आन्द्रा कुहिएर ज्यानै जान सक्ने अवस्था हुन्थ्यो । अप्रेसनपछि बालकको अवस्थामा क्रमिक रुपमा सुधार आइरहेको पनि उनले बताए ।

अस्पताल पुर्याउदा सम्पूर्ण रुपमा बाहिर निस्केको सानो आन्द्रा कालो भइइसकेको थियो । यदि समयमै अस्पताल नपुर्याएको भए बालकको ज्यान पनि जान सक्थ्यो ।

समयमै अस्पताल पुर्याएको, अस्पतालले पनि लापरवाही र ढिला नगरी अप्रेसन गरेको हुनाले बालकलाई बचाउन सफल भएको डा गिरी बताउँछन्। ‘यस्तो अवस्था भएमा जति सक्यो चाडो मानिनसलाई अस्पताल पुर्याउन सकियो भने ज्यान जोगाउन सकिन्छ,’ डा गिरीले भने, ‘लापरवाही गर्नै हुदैन, समयमै अस्पताल नलिएर ढिला गरियो भने बाहिर निस्केको आन्द्रा कुहिएर मानिसको ज्यानै जान्छ ।’

नाइटोको बगलमा ५ सेन्टिमिटर चिरिएर बाहिर निस्केको आन्द्रालाई अप्रेसन गरेर भित्र राख्न करिव २ घण्टा लागेको थियो ।

रुख भीरबाट लडेर आन्द्रा बाहिर निस्केका, आन्द्रा फुटेका, चोटपटक लागेका जस्ता विभिन्न खालका जटिल समस्याहरु लिएर बर्षेनी कर्णालीबासी प्रदेश अस्पताल आउने गरेको डाक्टर गिरीले बताए ।

एक कक्षामा अध्ययनरत प्रविण विदाको दिन भएकोले बिहिवार साथीहरुसँगै बाख्रा चराउन घर छेउकै जंगलमा गएका थिए ।

अरु भन्दा अलि चकचके स्वभावका उनी सालको रुखमा लागेको मालुको लहरा काट्दै गर्दा लडेका थिए । उनी लडन वित्तिकै एक जना साथी उनको ठुलो बुवालाई खवर गर्न घर पुगेका थिए ।

ठुलो बुवा अमर घर्ती पुग्ने वेला प्रविण भने बाहिर निस्केको आन्द्रालाई टिसर्टले ढाकेर बसेका थिए । बच्चालाई यस्तो अवस्थामा देखेपछि उनले ढिला नगरी हातमै राखेर सडकसम्म पुर्याएको बताए ।

‘बच्चाको अवस्था हेर्दा त आशै मारिसकेका थियौं,’ अमरले भने, ‘डाक्टर र अस्पतालले गर्दा बच्चा बच्यो । साँचिक्कै डाक्टर भनेका भगवान नै हुँदा रहेछन्।’
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट