२०८२ श्रावण ३ शुक्रबार
२०८२ श्रावण ३ शुक्रबार

समाज डेण्टल अस्पतालले गरिब तथा विपन्नको उपचारका लागि घोषणा गर्‍यो १ करोड रुपैयाँको उपचार कोष

काठमाडौं- समाज डेण्टल अस्पतालले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आर्थिक रूपमा कमजोर नागरिकहरूलाई लक्षित गर्दै रु १ करोड बराबरको दन्त उपचार कोषको घोषणा गरेको छ।

अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले गुणस्तरीय दन्त सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यसहित समाज डेण्टलको स्थापना भएको जानकारी गराएर अस्पतालले हालसम्म विभिन्न आरोह-अवरोह पार गर्दै विशिष्टिकृत सेवा प्रदान गर्दै आएको बताए। उनका अनुसार हाल समाज डेण्टलले काठमाडौं उपत्यकाभित्र काठमाडौं, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकका १० स्थानबाट सेवा दिइरहेको छ। भविष्यमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य राखिएको उनले जानकारी दिए।

रु १ करोड बराबरको कोषबाट आर्थिक अवस्था कमजोर रहेका नागरिकलाई दन्त उपचारमा सहयोग पुर्‍याइने उनले बताए।

उक्त अवसरमा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ प्रवर्द्धनका लागि दन्त उपचार क्षेत्रको विस्तार र व्यवस्थित विकास अपरिहार्य रहेको बताउँदै, आँखा र दाँतजस्ता क्षेत्रमा विश्वसनीयता अझ बढाउनु पर्नेमा जोड दिए।

सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा समाज डेण्टल अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले अस्पतालको सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै, दन्त स्वास्थ्यको क्षेत्रमा जनचेतना अभिवृद्धि, सर्वसाधारणको पहुँच विस्तार र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको बताए।

समाज डेण्टलले हाल १० ठाउँबाट सेवा प्रदान गर्दै आएको छ। आगामी दिनमा सेवा विस्तारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरूलाई पनि थप प्रभावकारी बनाइने अस्पतालले जनाएको छ।

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट