२०८२ श्रावण ३ शुक्रबार
LATEST NEWS
२०८२ श्रावण ३ शुक्रबार

जान्नुहोस् अबको २ महिनामा सार्वजनिक हुने आईफोन १७ प्रो का प्रमुख १६ फिचर

काठमाडौँ । एप्पलको बहुप्रतीक्षित आईफोन १७ सिरिज अबको दुई महिनामा सार्वजनिक हुँदैछ । अघिल्लो वर्ष आईफोन १६ सिरिज सार्वजनिक गर्दा बढी सफ्टवेयरमै केन्द्रित भएको एप्पलको नयाँ सिरिज हार्डवेयर र सफ्टवेयर परिवर्तनले बढी चर्चित छ । 

यसअघि नै आईफोन १७ प्रोको डिजाइन कस्तो हुन्छ भन्ने विवरण लिक भइसकेको छ । विभिन्न विश्वसनीय स्रोतबाट लिक भएका जानकारी अनुसार अब आउने आईफोनको प्रो मोडेलमा अहिलेको जस्तो क्यामेरा डिजाइन हुने छैन । अर्थात् पछाडिपट्टिको माथिल्लो भाग पूरै क्यामेराले ढाकिनेछ । त्यसबाहेक कम्पनीले ओएसको नाम राख्ने प्रवृत्ति नै आईफोन १७ देखि लागु हुँदैछ । यसको अर्थ आईफोन १७ मा सोझै आईओएस २६ आउनेछ ।  

सार्वजनिक रिपोर्ट अनुसार आईफोन १७ प्रो मोडेलमा डिजाइनदेखि पर्फर्मेन्ससम्ममा ठुलो परिवर्तन देख्न पाइनेछ । यसको डिजाइनमा सबैभन्दा ठुलो परिवर्तनको रूपमा हालको टाइटेनियम फ्रेमको सट्टा एल्युमिनियम फ्रेमको प्रयोग गरिने हल्ला छ । डिस्प्लेलाई अझ उत्कृष्ट बनाउन प्रकाश कम परावर्तन गर्ने म्याट फिनिससहितको ‘एन्टी-रिफ्लेक्टिभ डिस्प्ले’ राखिनेछ भने फोनको अगाडिपट्टि रहेको डाइनामिक आइल्यान्डको आकार पनि पहिलेभन्दा सानो र परिमार्जित हुनेछ । फोनको पछाडिको क्यामेरा बम्प आयताकार डिजाइनमा आउनेछ भने कपर र डार्क ब्लु जस्ता नयाँ कलर भेरियन्टको आईफोन देख्न पाइने सम्भावना उच्च छ । 

पर्फर्मेन्सको कुरा गर्दा आईफोन १७ प्रोमा एप्पलको शक्तिशाली ‘ए१९ प्रो चिप’ प्रयोग हुनेछ । यो तेस्रो पुस्ताको ३-नानोमिटर प्रविधिमा आधारित हुने बताइएको छ । मल्टिटास्किङ र एप्पल इन्टेलिजेन्सलाई थप प्रभावकारी बनाउन हालको ८ जीबी र्‍यामलाई बढाएर १२ जीबी पुर्‍याइनेछ । एप्पल इन्टेलिजेन्स सपोर्ट गर्ने एप्पलका पछिल्ला फोनमा पनि पर्फमेन्स खासै चित्त बुझ्दो छैन । खासगरी जेनेरेटिभ एआई फिचरको मामलामा एप्पलभन्दा एन्ड्रोइड फोनहरू निकै अगाडि छन् । त्यसैले पनि आईफोन १७ मा कम्पनीले एप्पल इन्टेलिजेन्सलाई लिएर विशेष ध्यान केन्द्रित गर्ने देखिन्छ ।

फोन तात्ने समस्या समाधान गर्न पहिलो पटक ‘भेपर चेम्बर कुलिङ सिस्टम’ जडान गरिनेछ । यसले फोनलाई चिसो राख्न मद्दत गर्नेछ । क्यामेराको क्वालिटीमा पनि सुधार हुने अपेक्षा गरिएको छ । सेल्फीका लागि हालको १२ मेगापिक्सेलको सट्टा २४ मेगापिक्सेलको शक्तिशाली फ्रन्ट क्यामेरा हुनेछ भने प्रो मोडेलमा ४८ मेगापिक्सेलको टेलिफोटो लेन्स रहने चर्चा छ । 

यसमा अगाडि र पछाडिको क्यामेराबाट एकैसाथ भिडिओ खिच्न मिल्ने ‘डुअल भिडिओ रेकर्डिङ’ को सुविधा र ८के क्वालिटीमा भिडिओ रेकर्डिङको क्षमता पनि थपिनेछ । यद्यपि यो फिचर मिड रेन्जदेखि फ्ल्यागशिप एन्ड्रोइड फोनमा सजिलै उपलब्ध छ ।

एप्पलले यस पटक आईफोनको ब्याट्री लाइफमा पनि उल्लेख्य सुधार गर्दैछ । बाहिरिएका विवरण अनुसार आईफोन १७ प्रो म्याक्समा ५००० एमएएचभन्दा बढी क्षमताको ब्याट्री रहनेछ । कनेक्टिभिटीका लागि एप्पलले आफ्नै डिजाइनमा बनाएको वाई-फाई ७ चिप प्रयोग गर्नेछ भने क्यूआई २.२ (Qi 2.2) सपोर्ट गर्ने चार्जरबाट २५ वाटको तीव्र गतिको वायरलेस चार्जिङ पनि सपोर्ट गर्नेछ ।

त्यस्तै आईफोन १७ मा पछाडिपट्टि हुने एप्पलको लोगोको स्थान पनि परिवर्तन हुँदैछ । यसअघि बीच भागमा रहँदै आएकोमा आईफोन १७ मा भने बीच भागभन्दा केही तल हुनेछ । पछाडिपट्टिको आयातकार क्यामेरा बम्पका कारण एप्पलले लोगोको स्थान केही तल सार्न लागेको हो । लोगो हेरेर म्यागसेफ जडान गर्ने प्रयोगकर्तालाई भने यसले सुरुवाती समयमा अप्ठ्यारो महसुस गराउनेछ । 

यद्यपि यी सबै जानकारीहरू विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र रिपोर्टमा आधारित हल्ला मात्र हुन् । एप्पलले आधिकारिक रूपमा फोन सार्वजनिक भएकै दिन विवरण सार्वजनिक गर्ने गर्छ । तर, त्यसअघि नै विश्वसनीय स्रोतबाट बाहिरिएका जानकारी मिल्ने गरेका छन् । खासगरी प्रडक्ट टिम, सप्लाई चेन आदिबाट यस्ता विवरण बाहिरिन्छन् ।

 

 

पछिल्लो अध्यावधिक: साउन २, २०८२ १४:२०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट