काठमाडौँ । स्मार्टफोन ब्राण्ड ओप्पोले आफ्नो ‘ए’ सिरिज अन्तर्गतको नयाँ फोन ‘ओप्पो ए फाइभ’ नेपाली बजारमा सार्वजनिक गरेको छ । मिडरेन्ज सेगमेन्टमा बलियो डिजाइन, लामो समयसम्म टिक्ने ब्याट्री र भरपर्दो पर्फर्मेन्स खोज्ने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो मोडेल विस्तार गरेको हो ।

पातलो र आकर्षक डिजाइन रहेको यो फोन ७.९९ एमएम मोटो र १९३ ग्राम तौलको छ । यो फोन अरोरा ग्रीन र मिस्ट ह्वाइट गरी दुई रङमा उपलब्ध छ ।
धुलो, फोहोर र पानीको छिटाबाट बचाउन फोनमा आईपी६५ वाटर एन्ड डस्ट रेसिस्टेन्स सुविधा छ । मिलिटरी-ग्रेड शक रेसिस्टेन्स र बलियो ग्लास स्क्रिनले गर्दा फोन सामान्यभन्दा १.६ गुणा बढी शक्तिशाली बनेको कम्पनीको दाबी छ ।
फोनमा ६,००० एमएएचको विशाल ब्याट्री दिइएको छ । कम्पनीका अनुसार ब्याट्री एक पटक फुल चार्ज गर्दा १६ घण्टाभन्दा बढी युट्युब भिडिओ हेर्न सकिन्छ । ४५ वाटको सुपरभोक फ्ल्यास चार्ज प्रविधिले ८४ मिनेटमा फोनलाई पूर्ण चार्ज गर्न सक्छ । कम्पनीका अनुसार यो ब्याट्रीले पाँच वर्षसम्म राम्रो काम गर्छ ।

यसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा, २ मेगापिक्सेलको डेप्थ क्यामेरा र ५ मेगापिक्सेलको सेल्फी क्यामेरा रहेको छ । स्न्यापड्रागन सिक्स एस जेन वन प्रोसेसर रहेको फोनमा ६ जीबी र्याम र १२८ जीबी स्टोरेज छ । प्रयोगकर्ताले थप ६ जीबी भर्चुल र्याम बढाउन सक्नेछन् ।
२२ हजार ९९९ रुपैयाँ मूल्य तोकिएको फोन शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा समेत खरिद गर्न सकिने छ । साथै, आगामी ९ अगस्टभित्र फोन खरिद गर्ने ग्राहकले दुई वर्षको वारेन्टी पाउनेछन् ।
पछिल्लो अध्यावधिक: साउन १, २०८२ १३:१२
सामाग्री श्रोत :
टेक पाना