२०८२ श्रावण १ बुधबार
LATEST NEWS
२०८२ श्रावण १ बुधबार

अब जुम्लाका सार्वजनिक रुटमा विद्युतीय भ्यान गुड्ने

काठमाडौँ । जुम्ला जिल्लामा पहिलो पटक विद्युतीय भ्यानको सेवा सुरु भएको छ । दिगोले जुम्लाका सार्वजनिक रुटका लागि नौ वटा DFSK Danfe विद्युतीय भ्यानहरू हस्तान्तरण गरेको हो । यी भ्यानहरू जुम्लाका छोटो दुरीका सार्वजनिक रुटहरूमा सञ्चालन गरिने बताइएको छ । 

चार्जिङ सुविधा विश्वसनीय र सहज बनाउन, दिगोले गाडी सँगै ८० किलोवाट क्षमताको फास्ट चार्जर जुम्लामा जडान गर्ने पनि कम्पनीले जानकारी दिएको छ । थप चार्जिङ स्टेसनहरू जुम्ला बसपार्क, नाग्मा बजार र नाग्मा–गमगढी सडक खण्डको गोठिज्युला क्षेत्रमा निर्माण गर्ने योजना गरिएको कम्पनीको भनाइ छ । 

एक विज्ञप्ति जारी गर्दै दिगो ग्रुप अफ कम्पनीका प्रमुख कार्यकारी अधिकृत सौरभ श्रेष्ठले जुम्ला जस्तो दुर्गम क्षेत्रमा विद्युतीय भ्यान पुर्‍याउनु कम्पनीको लागि गर्वको कुरा भएको बताएका छन् । “यस उपलब्धिले 

विद्युतीय सवारीसाधनको क्षमता प्रमाणित गरेको छ र आगामी दिनमा हामीले यसरी नै देशभरि विद्युतीय सवारीसाधनको पहुँचलाई विस्तार गरिरहने छौँ,” विज्ञप्तिमा उल्लेख छ ।

 

पछिल्लो अध्यावधिक: असार ३२, २०८२ १८:३१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट