२०८२ श्रावण १ बुधबार
LATEST NEWS
२०८२ श्रावण १ बुधबार

नेपाल प्रिमियर लिगको दोस्रो सिजनमा काठमाडौँ गोर्खाजलाई प्रायोजन गर्दै वर्ल्डलिङ्क

काठमाडौँ । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (NPL) का लागि काठमाडौँ गोर्खाज क्रिकेट टोलीको शीर्ष प्रायोजक (Title Sponsor) बन्ने घोषणा गरेको छ । कम्पनीले एक समारोहकाबिच गोर्खाज क्रिकेट टोलीसँग सम्झौता गरेको छ । 

सम्झौता पत्रमा वर्ल्डलिङ्कका कार्यकारी निर्देशक मनोज कुमार अग्रवाल र काठमाडौँ गोर्खाजका प्रबन्ध निर्देशक अनुभव स्वाँर सिरोहियाले हस्ताक्षर गरेका थिए । 

आगामी सिजनका लागि काठमाडौँ गोरखाजले नेपाल राष्ट्रिय क्रिकेट टिमका पूर्व प्रमुख प्रशिक्षक मोन्टी देसाईलाई मुख्य प्रशिक्षकका रूपमा नियुक्त गरिसकेको छ। साथै, टोलीले करण केसी सहित भिम सार्की, शाहब आलम, रशिद खान, दिपेश कँडेल र प्रतिक श्रेष्ठलाई रिटेन गरेको छ । 

काठमाडौँ गोर्खाज र वर्ल्डलिङ्क कम्युनिकेसन्सबीचको यो साझेदारीले नेपालमा फ्रेन्चाइज क्रिकेटको स्तर उकास्न थप मद्दत पुर्‍याउने विश्वास गरिएको छ । 

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ २१:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट