२०८२ असार ३१ मंगलवार
LATEST NEWS
२०८२ असार ३१ मंगलवार

अडियो प्रकरणमा मन्त्रीको बचाउमा पूर्वमन्त्री बस्नेत, भन्छन्ः चरित्रहत्या गर्न नक्कली बनाइन्छ

काठमाडौँ । पूर्व उद्योगमन्त्री महेश बस्नेत घुसको लागि डिल गरिरहेको अडियो बाहिरिएपछि विवादित बनेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको बचाउमा उत्रिएका छन् । मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै मन्त्री बस्नेतले प्रविधिको युगमा कसैको चरित्रहत्या गर्न नक्कली कुरा बनाइने गरेको भन्दै मन्त्री गुप्ताको बचाउ गरेका हुन् ।

“प्रकरणमा मिडियामा घसिएका खेम पुन र सुजन लामाले सार्वजनिक रूपमा आफूमाथि लागेको आरोपलाई नक्कली र षड्यन्त्रपूर्ण भन्दै खण्डन गरेका छन्,” बस्नेतले लेखेका छन्, “फरक फरक विज्ञप्तिमार्फत दुवै जनाले सार्वजनिक अडियो नक्कली भएको र यसलाई फरेन्सिक परीक्षणबाट प्रमाणित गर्न माग गरेका छन् ।”

मन्त्री स्वयम् र अडियोमा जोडिएका भनिएका व्यक्तिहरूले समेत यो प्रकरण बनावटी भएको दाबी गरिसकेपछि अब यसको निष्पक्ष र वैज्ञानिक छानबिन हुनु आवश्यक रहेको बस्नेतको भनाइ छ ।

“आजको प्रविधिको युगमा कसैको चरित्रहत्या गर्न नक्कली कुरा बनाइन्छ र राजनीतिक लाभ लिने खेल हुँदै आएको छ,” बस्नेतले अगाडि भनेका छन्, “तसर्थ कुनै पनि निष्कर्षमा पुग्नु अघि तथ्य, प्रमाण र निष्पक्ष छानबिनको पर्खाई गरौँ ।”

सत्ताधारी दल नेकपा एमालेका नेता समेत रहेका पूर्वमन्त्री बस्नेत सामाजिक सञ्जालमा लेखेकै कारण बेला बेला विवादमा आइरहन्छन् । बलात्कार तथा भ्रूण हत्याको आरोप खेपिरहेका उनी त्यसको प्रतिवाद समेत सामाजिक सञ्जालबाटै गरिरहेका हुन्छन् ।

पछिल्लो अध्यावधिक: असार ३१, २०८२ ११:१०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट